बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]
‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]
पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]