जिवन शैली

ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुँन्छ

ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुँन्छ

निमेन्द्र शाही बाजुरा/सुदुर र कणर्ली प्रदेशका पहाडी जिल्लामा काटको काम गरेर जिबिकोपार्जन गर्नेहरुलेको पेसा पछिल्लो समय संकटमा परेको छ। आलोकाठबाट महिपार्ने ठेकी,पीठो मुच्ने कोसी, कचौरा बनाएर आफ्नो गुजरा चलाउँने चदारा जातिको सामुदायीक वनले काठ काटे कारबाही गर्ने भए पछि पेसा संकटमा परेको हो। स्वामीकार्तिक खापर गाउँपालिका-३ ठुलापाटाका दल चदाराले भनेः‘काठको काम नगरी घरमा चुलो बल्दैन, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे’

‘हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे’

‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर ‘ग’ वर्गका मुक्त हलिया हुन् । हलिया मुक्तिकाे घाेषणापछि उनले घर बनाउने प्रयाेजनका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले घरपरिवारलाई केही महिना पुग्ने खलो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
महाकाली तटमा वीरताका तीन गन्तव्य

महाकाली तटमा वीरताका तीन गन्तव्य

सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । बैतडीको बस्कोटमा दशरथ चन्दको जन्मघर […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ । तर, बनेका पुलहरू भने प्रयाेग हुन छाडेका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेर वितरण गरिरहेको छ । तर, विकट दार्चुलाबाट कैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारण लाइन बनाएर विद्युत वितरण गरिँदै आएपनि दार्चुलाको चौलानी किनाराको बस्ती भने अँध्यारोमै छ ।  दुर्गमबाट उत्पादन हुने विद्युतका लागि चौलानी किनाराको बस्ती टाढा भएको छ । ‘चौलानी नदीबाट उत्पादन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
लालाबाला च्यापेर लेकतिर

लालाबाला च्यापेर लेकतिर

हिमाली भेगमा हिउँद यामको चिसो केही घटेको छ । हिमपात हुनुअगावै भेडापालक किसान आफ्ना लालाबालासहित ‍औलतिर लागेका थिए । अहिले उनीहरू केही समय छोडेको हिमाली बस्तीतिर लागेका छन् । हिउँदमा न्यानो खोजी गर्दै औलतिर भेडाच्याङ्ग्रासहित बसाईं सरेकाहरू गर्मी बढेको महसुस गर्दै ‘लेक’ फर्कीएका हुन् । बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड, अछामको साँफे बगरलगायतका ठाउँमा बाक्लो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
हिँडेर आउजाउ गर्नसमेत मुस्किल

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किल

दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किल

मुगुका मुन्द्र शाहीले आफ्नो गाउँलेको बच्चा बिरामी भएर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याए । उनले सोचेका थिए गाउँमा औषधि छैन यहाँ त होला, तर त्यसो पनि भएन । केन्द्रले कोरोना संक्रमणका कारण आकस्मिकबाहेका सेवा दिन छोडेको रहेछ । त्यसपछि उनी नजिकैको मेडिकलमा पुगे । उनले ल्याएको बच्चालाई निमोनिया भएकोले नेबुलाइजरबाट अक्सिजन दिनुपर्ने भयो । तर, त्यसका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

भारी बोकेर उकालो चढ्दा तिर्खा मेटाउने ढुङ्गेधारा । बाटोमा थकाइ मार्ने पीपल–चौतारा । झरीमा ओत लाग्न अनि रातमा बास पाइने धर्मशाला । ‘हाम्रा बाजेबराजुको दैनिकीसँग जोडिएका यी सुविधा हिजोआज एकादेशको कथाजस्तै लाग्छ’, बुढीनन्दा क्याम्पसका क्याम्पस प्रमुख अनोज गिरीले भने, ‘हामी दिपाई जाँदा बाटामा होटल पसल थिएनन् । घरबाट कपडामा रोटी र नुनखुर्सानी पोको पारेर हिन्थ्यौँ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि