बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु समय छानामाथिसम्मै धुवाँ आउने घरहरूमा अहिले त्यो देखिन […]
बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]
‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]
पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]
बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका […]
नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको […]
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ बाहुनीको प्याज सदरमुकाम मार्तडी पुगेको छ ।पहिलो पटक ठूलो परिमाणमा प्याज रोपेका स्थानीयलले भण्डार गर्ने ठाउँ नभएर कुहिन थालेपछि विद्यालयको भवनमा राखेका थिए । सदरमुकाम मार्तडीसम्म खच्चरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएपछि स्थानीय किसानलाई राहत मिलेको छ । ‘बाढी पहिरोका कारण सडक क्षत्विक्षत् भएकाले खच्चडबाट पनि मुस्किलले ढुवानी गर्नुपरेको छ । […]