स्वास्थ्य

बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैन

बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैन

अघिल्लो साता सदरमुकामको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा असहज भएपछि आफन्तले जिल्ला अस्पतालमा पुर्‍याए । अस्पतालमा प्रारम्भिक उपचारपछि त्यहाँका चिकित्सकहरूले उनको अवस्था जटिल रहेको भन्दै डडेल्धुरा लैजान भने । आफन्तले एम्बुलेन्सका लागि सबैतिर खबर गरे तर पाएनन् । अरु गाडीले पनि कोरोना संक्रमितलाई बोक्न नमानेपछि झन् समस्या पर्‍यो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किल

दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किल

मुगुका मुन्द्र शाहीले आफ्नो गाउँलेको बच्चा बिरामी भएर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याए । उनले सोचेका थिए गाउँमा औषधि छैन यहाँ त होला, तर त्यसो पनि भएन । केन्द्रले कोरोना संक्रमणका कारण आकस्मिकबाहेका सेवा दिन छोडेको रहेछ । त्यसपछि उनी नजिकैको मेडिकलमा पुगे । उनले ल्याएको बच्चालाई निमोनिया भएकोले नेबुलाइजरबाट अक्सिजन दिनुपर्ने भयो । तर, त्यसका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

काठमाडौं, मंसिर २१ : कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
अण्डा कति खाने? कसरी खाने?

अण्डा कति खाने? कसरी खाने?

बिबिसी- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

जोली राई कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन्। लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ। नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका छैनन। खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ। कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ। यस्तो समयमा […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो। यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो। चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

काठमाडौं : रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ। रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
कोरोना विरुद्धको खोप : यस्तो छ अरु देश र नेपालको तयारी

कोरोना विरुद्धको खोप : यस्तो छ अरु देश र नेपालको तयारी

काठमाडौं : विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्यानडा सरकारले त जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो । रुसमा एक लाखभन्दा […]

  • शिंजापति न्युज
  • ४ years अगाडि