नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]
‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]