विशेष

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

भारी बोकेर उकालो चढ्दा तिर्खा मेटाउने ढुङ्गेधारा । बाटोमा थकाइ मार्ने पीपल–चौतारा । झरीमा ओत लाग्न अनि रातमा बास पाइने धर्मशाला । ‘हाम्रा बाजेबराजुको दैनिकीसँग जोडिएका यी सुविधा हिजोआज एकादेशको कथाजस्तै लाग्छ’, बुढीनन्दा क्याम्पसका क्याम्पस प्रमुख अनोज गिरीले भने, ‘हामी दिपाई जाँदा बाटामा होटल पसल थिएनन् । घरबाट कपडामा रोटी र नुनखुर्सानी पोको पारेर हिन्थ्यौँ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा

बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा

पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
आहा ! खप्तड

आहा ! खप्तड

खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तडमा घाँसे मैदानको बीचबाट खोला बगिरहेको हुन्छ । खप्तड सुदूरपश्मिका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण खप्तड क्षेत्र समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

बाजुरा । ‘म जन्मेदेखी मेरो घरको छानो खरैले छाएको थियो अहिले पनि खरकै छ । यस बर्ष सरकारले बाख्राको घर बनाउने पैसा पैसा दियो । मेरो बाख्राको खोर जस्ताले छाइने भएको छ ।’ जगन्नाथ गाउँपालिका–मोहतीका प्रकाश भण्डारी भन्छन् ‘अब मेरो बाख्राको खोर मेरो घर भन्दा राम्रो हुने भयो ।’ बाजुरा जिल्लामा पछिल्लो दुई बर्षदेखी बाख्रा पालन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

काभ्रे : नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रम प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा बिहीबार भकुण्डेबेसीमा सम्पन्न भएको छ । लैंगिक हिंसा न्यूनिकरणका लागि नगरस्तरीय लैंगिक हिंसा तत्काल उद्धार तथा राहत समितिका अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काठमाडौं / मंसिर २३ : नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । “काभ्रे जिल्ला मायाँको लाल किल्ला” गितको अपार सफलता पछी लोकप्रीय युवा गायक किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

काठमाडौँ, २२ मंसिर : धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं, २२ मंसिर : काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक पठनपाठन गर्नुपर्ने भएको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट […]

  • शिंजापति न्युज
  • ४ years अगाडि