अघिल्लो साता सदरमुकामको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा असहज भएपछि आफन्तले जिल्ला अस्पतालमा पुर्याए । अस्पतालमा प्रारम्भिक उपचारपछि त्यहाँका चिकित्सकहरूले उनको अवस्था जटिल रहेको भन्दै डडेल्धुरा लैजान भने । आफन्तले एम्बुलेन्सका लागि सबैतिर खबर गरे तर पाएनन् । अरु गाडीले पनि कोरोना संक्रमितलाई बोक्न नमानेपछि झन् समस्या पर्यो […]
बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]
मुगुका मुन्द्र शाहीले आफ्नो गाउँलेको बच्चा बिरामी भएर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए । उनले सोचेका थिए गाउँमा औषधि छैन यहाँ त होला, तर त्यसो पनि भएन । केन्द्रले कोरोना संक्रमणका कारण आकस्मिकबाहेका सेवा दिन छोडेको रहेछ । त्यसपछि उनी नजिकैको मेडिकलमा पुगे । उनले ल्याएको बच्चालाई निमोनिया भएकोले नेबुलाइजरबाट अक्सिजन दिनुपर्ने भयो । तर, त्यसका […]
नेकपा (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजित भएको निश्कर्ष निकालेका छन् । १० बुँदे प्रस्तावका आधारमा एकता प्रक्रियामा सामेल हुन एमालेकै तेस्रो धारका नेताहरूले आग्रह गरिरहेका बेला नेता नेपालले ओलीकै कारण एमाले विभाजनको अवस्थामा पुगेको बताएका हुन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बुधबार निर्वाचन आयोगबाट […]
भारी बोकेर उकालो चढ्दा तिर्खा मेटाउने ढुङ्गेधारा । बाटोमा थकाइ मार्ने पीपल–चौतारा । झरीमा ओत लाग्न अनि रातमा बास पाइने धर्मशाला । ‘हाम्रा बाजेबराजुको दैनिकीसँग जोडिएका यी सुविधा हिजोआज एकादेशको कथाजस्तै लाग्छ’, बुढीनन्दा क्याम्पसका क्याम्पस प्रमुख अनोज गिरीले भने, ‘हामी दिपाई जाँदा बाटामा होटल पसल थिएनन् । घरबाट कपडामा रोटी र नुनखुर्सानी पोको पारेर हिन्थ्यौँ […]
‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]
बिहीबार राति भएको अविरल वर्षाका कारण आएको बाढीले बाजुराको बुढीगंगा नगरपालिका- ६, बाम्का बजारका दुई पसल बगाएको छ । बाम्का बजार क्षेउको छडा खोलाले कटान गर्दा २ ओटा पसल बगाएको बार्जुगाड प्रहरी चौकीका सई रामबहादुर थापाले जानकारी दिए । एक दर्जनभन्दा बढी पसलभित्र पानी र माटो पसेको थापाले बताए । बाम्का बजारमा होटल गर्दै आएका […]
पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]
बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका […]
खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तडमा घाँसे मैदानको बीचबाट खोला बगिरहेको हुन्छ । खप्तड सुदूरपश्मिका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण खप्तड क्षेत्र समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । […]
नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको […]
बाजुरा । ‘म जन्मेदेखी मेरो घरको छानो खरैले छाएको थियो अहिले पनि खरकै छ । यस बर्ष सरकारले बाख्राको घर बनाउने पैसा पैसा दियो । मेरो बाख्राको खोर जस्ताले छाइने भएको छ ।’ जगन्नाथ गाउँपालिका–मोहतीका प्रकाश भण्डारी भन्छन् ‘अब मेरो बाख्राको खोर मेरो घर भन्दा राम्रो हुने भयो ।’ बाजुरा जिल्लामा पछिल्लो दुई बर्षदेखी बाख्रा पालन […]