नेकपा (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजित भएको निश्कर्ष निकालेका छन् । १० बुँदे प्रस्तावका आधारमा एकता प्रक्रियामा सामेल हुन एमालेकै तेस्रो धारका नेताहरूले आग्रह गरिरहेका बेला नेता नेपालले ओलीकै कारण एमाले विभाजनको अवस्थामा पुगेको बताएका हुन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बुधबार निर्वाचन आयोगबाट […]
"/>नेकपा (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजित भएको निश्कर्ष निकालेका छन् । १० बुँदे प्रस्तावका आधारमा एकता प्रक्रियामा सामेल हुन एमालेकै तेस्रो धारका नेताहरूले आग्रह गरिरहेका बेला नेता नेपालले ओलीकै कारण एमाले विभाजनको अवस्थामा पुगेको बताएका हुन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बुधबार निर्वाचन आयोगबाट मान्यता पाउँदैछ ।
‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा,आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिका जस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्ध रहेको छ’ नेता नेपाल नेतृत्वको समाजवादी पार्टीको घोषणापत्रमा भनिएको छ, ‘जनताको बहुदलीय जनवादका मूल्यमान्यताहरुको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ ।’
त्यस्तै, नेता नेपालको पार्टीले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवादलाई नै बनाएको छ । सो पार्टीले मार्क्सवादलाई कुनै जडसुत्र नभएर गतिशील वैज्ञानिक सिद्धान्त भएको पनि जनाएको छ ।
‘नेपालमा मार्क्सवादको प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो’, नेता नेपालले घोषणा पत्रमा भनेका छन् ।
नेकपा (एकीकृत समाजवादी) नेता प्रधान नभई नीति प्रधान हुने पनि घोषणा पत्रमा दाबी गरिएको छ ।
‘यो पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनेछ । पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्यपद्दति अवलम्वन गरिनेछ’, १० बुँदे घोषणापत्रको १० नम्बर बुँदामा भनिएको छ ।
प्रस्तावित विधानमाथि मंगलबार छलफल भएर पारित गर्ने तयारी छ । त्यसका लागि सो पार्टीका नेताहरु सोमबारबाटै चनद्रागिरीमा आवासीय बैठक बसिरहेका छन् ।