निमेन्द्र शाही/बाजुरा जिल्लाको तत्काली जुगाडाको घटमनामा राउँटे महिला माथि दुई जना स्थानियले करणी गर्ने प्रयास गरेको आरोप लगाउँदै आउँदा दिनमा यहाँ नआउँने भन्दै फर्केर गएका राउँटे समुदाय पुनः बाजुराको सदरमुकाम मार्तडी पुगेर आफ्ना दुःख प्रमुख जिल्ला अधिकारी समक्ष पोख्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका थिए।त्यस समयमा संलग्न भनिएका दुईजना स्थानिय भारत भागे पछि उनिहरुले न्यय पाएकाथिएनन्। […]
"/> १८बर्ष पछि बाजुरा फर्कीए राउँटे – शिंजापति

१८बर्ष पछि बाजुरा फर्कीए राउँटे

  • शिंजापति न्युज
  • शुक्रबार, भदौ १, २०८० १७:0७:४७
१८बर्ष पछि बाजुरा फर्कीए राउँटे

निमेन्द्र शाही/बाजुरा जिल्लाको तत्काली जुगाडाको घटमनामा राउँटे महिला माथि दुई जना स्थानियले करणी गर्ने प्रयास गरेको आरोप लगाउँदै आउँदा दिनमा यहाँ नआउँने भन्दै फर्केर गएका राउँटे समुदाय पुनः बाजुराको सदरमुकाम मार्तडी पुगेर आफ्ना दुःख प्रमुख जिल्ला अधिकारी समक्ष पोख्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका थिए।त्यस समयमा संलग्न भनिएका दुईजना स्थानिय भारत भागे पछि उनिहरुले न्यय पाएकाथिएनन्।
राउटे मुखिया बिर्ख बहादुर शाहीले भनेः ‘हामीले काठका भांडा बनाएर बच्ने हो। अहिले बजारमा देशका सामान आउँन लाग्या,दशै तिहार कसरी मनाउँन्या हाम्रा जहान कबीला कसरी पाल्ने समस्या आएको छ। गाउँल्या रुख काट्न पनि दिदैनन्,जंगल सबै पाल्याका छन्।’आफुहरुले कसरी जिबिकोपार्जन गर्ने भन्ने चिन्ता उनको थियो।
राउँटे सुर्खेत,दैलेख र कालिकोट हुँदै बाजुरा आइपुगेको राउटे मुखिया बिर्ख बहादुर शाही लगायतको टोलीले बाजुराका प्रमुख जिल्ला अधिकारी संगको भेटेर परम्परागत पेशा संकटमा परेको प्रती दुखेसो पोखेका हुन्। नेपालमा लोपन्मुख मानिने राउटे समुदाय दैलेख र सुर्खेत जिल्लाका जंगलमा बसोबास गर्दै आएका छन्।

May be an image of 4 people and people smiling
मुखिया शाहिले थपेः‘काठका कोसी,मुदुस, ओखल, मुसल बनाएर त्यस बाफत गाउँगाउँ गएर खाद्यान्न संग सांट्ने र छोराछोरी पाल्ने गरेका छियौ अहिले कसैले हाम्रा सामान कीन्दैनन् मेरा जनता कसरी पाल्ने समस्या परेको छ। हजुर…!
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जिल्ला प्रशासन कार्यालय बाजुराको तर्फबाट दशैं खर्च वापतको २० हजार नगद र कम्मल उनिहरुलाइ सहयोग गरेको बताएका छन्। कलिलै उमेरमा राउटे समुदायको मुखियाको जिम्मेवारी पाएका बिर्खबहादुरले प्रमुख जिल्ला अधिकारीसँग बाजुरा आइपुग्दा बढी दुःख पाएको र समस्या पनि धेरै देखेको विषय सुनाएका थिए ।
चांड पर्वको खर्च संकलन र जिल्ला घुमफिरको क्रममा बाजुरा आइपुगेको राउटे मुखिया बिर्ख शाही लगायतको टोलीलाई प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले खादा र ढांका टोपी लगाएर स्वागत गरेका छन्।
बिर्खका बुबा भक्तबहादुर शाही वृद्धभएपछि विर्खबहादुर शाही राउटे समुदायका मुखिया बन्नेका हुन्। मुखियाको जिम्मेवारी पाए लगत्तै बिर्खबहादुर शाही जिल्ला-जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने तथा समुदायले मनाउने चांड पर्व खर्च संकलन गर्ने गरेका थिए।

May be an image of 2 people
काठका सामाग्री बनाउने र विक्री गर्ने परम्परागत पेशा संकटमा परेपछि मागेर खानु बाहेक अर्को विकल्प नभएको मुखिया शाहीको भनाई छ । पढे लेखेका छैनौ, अरु काम गरि खाने अवस्था छैन्, जुन सीप थियो, त्यो सीप काम नलाग्ने भइसक्यो, पालिका पुग्ने र रकम माग्ने बाहेक अर्को विकल्प नै नभएको दुखेसो मुखिया शाहीको छ ।
सीप लोप भएकोमा दुखेसो पोखेका बिर्खबहादुरले स्थानीय सरकारले आफूहरुलाई सहयोग गर्नु पर्ने माग राखेका थिए । मुखिया बिर्खबहादुरको राउटे समुदायमा ४४ परिवारका २सय४६ जनाको बसोबास रहेको छ । बसोबास रहेको छिमेकी जिल्लामा दशैं, माघी लगायतका चाड पर्व खर्च माग्ने परम्परा अनुसार नै बाजुरा आएको मुखिया बिर्खबहादुर शाहीले बताएका हुन्।
दैलेखमा स्थायी बसोबास गरि बस्ने गरेका राउटे समुदाय कहिल्यै सुर्खेत र कहिल्यै अछाममा बस्ती सार्ने गरेका छन् । आफू अनुकुल स्थान र जंगल रोज्ने गरेका छन्। राज्यले मुखियाहरुका लागि १ हजार मासिक भत्ता दिने व्यवस्था गरेको छ । त्यो रकम खानलाई समेत नपुग्ने भएकोले चाड पर्व बिशेष आर्थिक संकलन गर्ने र लुगा कपडा, ओढ्ने ओछ्याउने सहयोग माग्ने चलन आफुहरुको रहेको मुखिया शाहिले बताउनु भयो ।

फोटो क्याप्सनःमुखिया बिर्ख बहादुर शाही, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई आफ्ना दुख सुनाउँदै गरेको फोटोःदयाराम पण्डित 

प्रकाशित: शुक्रबार, भदौ १, २०८० १७:0७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।