निमेन्द्र शाही /‘आज त, बत्ति आउँला भनेर पिठो भिजायो, त्यो दिन झन् बिहानै बत्ति जान्छ। भिजाएको मैदा दिनहुँ फाल्नु पर्ने डरले आज भोली,कामनै नगरी बस्नु पर्ने बाध्यता रहेको छ।,हामी कामगरी खानेको पेटमा यो बत्तिले लात्ता हान्यो हजुर ’ बडिमालिका-९मा बेकरी उद्योग संचालन गरीरहेका देबबहादुर महतले दुखेसो पोखे । महतले थपेः‘एक महिना भयो, बिहानै देखी बक्ति […]
"/> बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार – शिंजापति

बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार

  • शिंजापति न्युज
  • बिहिबार, साउन १८, २०८० १६:२४:२४
बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार

निमेन्द्र शाही /‘आज त, बत्ति आउँला भनेर पिठो भिजायो, त्यो दिन झन् बिहानै बत्ति जान्छ। भिजाएको मैदा दिनहुँ फाल्नु पर्ने डरले आज भोली,कामनै नगरी बस्नु पर्ने बाध्यता रहेको छ।,हामी कामगरी खानेको पेटमा यो बत्तिले लात्ता हान्यो हजुर ’ बडिमालिका-९मा बेकरी उद्योग संचालन गरीरहेका देबबहादुर महतले दुखेसो पोखे ।
महतले थपेः‘एक महिना भयो, बिहानै देखी बक्ति झ्याप्प-झुप्प हुन्छ दिनमा त, बत्तिनै हुँदैन बिद्युतिय मेसीनबाट पकाउँनु पर्ने सामान आधा पाकेकै निकालेर खोला ठास्नु पर्ने बाध्यता छ।, दिक्क लाग्यो ।’
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा संचालनमा रहेको नेपाल बिद्युत प्राधिकरणले साना जलबिद्युत केन्द्र त्रिबेणी सहकारी संस्थालाई लिजमा दिएको समय सकीए पछि प्राधिकरणले साना जलबिद्युतको उत्पादन बन्द गरेर राष्ट्रिय प्रसारण लाई एक बर्ष अगाडी जडान गरेको छ। त्यसको सब स्टेशन अछामको साँफे बगरमा छ। त्यहाँ बिग्रीए पछि समयमा बत्ति आउँदैन।
सदरमुकाम मार्तडीमा फर्नीचर उद्योग संचालन गरेका केबश हमालले भनेः-‘एक महिना अगाडी, पानी पर्‍योकी बत्ति जाँन्थ्यो, अहिले आएर बिहान भयोकी बत्ति जान्छ, यसले, काठको ब्यापार त रोकेको छ नै । तर काम नपाउँदा हामी फर्निचर उद्योगमा काम गर्ने कामदारले छोराछोरी कसरी पाल्ने चिन्ता बढाएको छ।’

No description available.
राष्ट्रिय भुमी आयोग बाजुराका कम्प्युटर अप्रेटर जयबहादुर रावतले भनेः‘जनाको कामको चाँङ्ग छ। आजत मजाले काम गरौला भनेर अफिस आयो, अफीस पुगेर कम्प्युटर खोल्न पाएको हुँदैन बत्ति गईहाल्छ दिनभर बत्तिको आसामा बस्नु पर्ने बाध्यता छ।’
रावतले थपेः-‘ठिक्क अफीस बन्द हुँने बेला बत्ति आउँछन्, काम गर्न कठीन भएको छ।’सदरमुकाम मार्तडी मात्र नभई जिल्लाको बडिमालिका,त्रिबेणी बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा केन्द्रीय प्रशारण लाईको बक्तिले उपभोक्तालाई निकै समस्यामा पारेको छ।

No description available.
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भनेः-‘बाजुरामा बत्ती आउने जाने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भइरहेको छ । यस बारेमा हामीले बिद्युत प्राधिकरणलाई पटक-पटक सुधार गर्न भनेका छौं। समस्या जिउँको तिउँनै छ।’
तर नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले भनेः-‘ दिपायल देखि साफेबगर सम्म ३३ केभि प्रसारणमा रहेको छ । त्यसको ३३ केभिमा साँफेबाट बाजुरा मार्तडीसम्म ११ केभि प्रसारण भइरहेको छ । अछामको ७० प्रतिशत लोड र बाजुराको पुरै लोड साँफे फिडरमा जोडिएकाले यसको कुनै ठाउँमा लाइन अबरुद्ध हुँदा पुरै ३३ केभि लाइन अबरुद्ध हुने गरेको छ ।’
वितरण केन्द्रका प्रमुख मण्डललाई यहाँको संचालनमा रहेको पुराने साना जलबिद्युत केन्द्र संचालन हुँदा यो समस्या समाधान हुन्थ्यो छ कीन बन्द गरेको भन्दा उनले भनेः-‘पुरानो साना जलबिद्युत केन्द्रको नहर क्षत-बिक्षेद अबस्थामा भएको र मेसिन पनि बिग्रेको अबस्थामाछ । त्यसलाई मर्मत गरेपछि मात्र संचालनमा ल्याउँन सकीन्छ।’

प्रकाशित: बिहिबार, साउन १८, २०८० १६:२४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।