नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। बाजुरा बाट अजबहादुर मल्ल थपिनु भएका छ । अब समाजबादीका तिन जना केन्द्रीय सदस्य भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले […]
"/> अजबहादुर मल्ल एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित – शिंजापति

अजबहादुर मल्ल एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित

  • शिंजापति न्युज
  • बिहिबार, भदौ २८, २०८० १९:५७:१५
अजबहादुर मल्ल एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित

नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। बाजुरा बाट अजबहादुर मल्ल थपिनु भएका छ । अब समाजबादीका तिन जना केन्द्रीय सदस्य भएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सचिवालयले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई केन्द्रीय कमिटीको सचिवमा मनोनित गरेको उल्लेख छ। अनेरास्वियूबाट बाहिरिएपछि सुदेश पराजुलीलाई समेत केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

एकीकृत समाजवादीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ । महाधिवेशनको कार्यतालिका तयार गर्ने काम केन्द्रीय सचिवालय गर्ने नेपालले जानकारी दिएका छन्।

को-को भए मनोनित ?
१. अजबहादुर मल्ल — बाजुरा
२. ओमचरण अमात्य — भक्ततपुर
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौँ
९. धनबहादुर कार्की — रामेछाप
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. बरुनाथ योगी — दैलेख
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. सुदेश पराजुली — काठमाडौं

प्रकाशित: बिहिबार, भदौ २८, २०८० १९:५७:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।