निमेन्द्र शाही/ बाजुरा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्। सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा […]
"/> पुर्बित्तरी क्षेत्रका किसानका समस्या बुझ्दै माओवादी – शिंजापति

पुर्बित्तरी क्षेत्रका किसानका समस्या बुझ्दै माओवादी

  • शिंजापति न्युज
  • सोमवार, अशोज १५, २०८० ११:0४:0५
पुर्बित्तरी क्षेत्रका किसानका समस्या बुझ्दै माओवादी

निमेन्द्र शाही/ बाजुरा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्।
सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज देवकी मल्लले बताएकी छन्।
आईतबार कमान नम्बर एकका किसान हरु संग कृषी उत्पादन र बजारिकरण का बिषयमा पिलुचौरमा छलफल तथा बैठक सम्पन्न भएको छ । बैठकमा कमान नम्बर एकका इन्चार्ज तथा केन्द्रिय सदस्य तिलक परियार को प्रमुख आतिथित्यता र रन दिप बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

No description available.
पुर्बित्तर क्षेत्रका चार वटा स्थानियका जनताको समस्या र उत्पादीत बस्तुको बजारीकरणका बिषयमा छलफल भएको र छलफलमा उठेका बिषयहरु स्थानिय तहका प्रमुख र प्रदेश सरकार संग छलफल गरी समाधानको उपाए निकाल्ने कुरा प्रदेश कमिटी उपाध्यक्ष तथा कमान नम्बर दुईका इन्चार्ज हुकुम साउदले बताएका छन्।
कार्यक्रममा प्रदेश कमिटी सदस्य अर्थ राज बुढा प्रदेश कमिटी सल्लाहकार जय बहादुर बि क को आतिथ्यता रहेको कार्यक्रम को संचालन नरेन्द्र बिकले गरेका थिए ।

No description available.
जिल्ला ईन्चार्ज देवकी मल्लले भनिन्ः‘अभियानको नौ वटै स्थानिय तहमा बैठक भेला र भेटघाट सकीएको छ । अब असोज १९ गते जिल्लाको बैठक बसी सबै कमानमा भएका कार्यक्रमको समिक्षा गरी थप कार्यक्रम तयारी गरीने भएको छ।’

प्रकाशित: सोमवार, अशोज १५, २०८० ११:0४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।