निमेन्द्र शाही/३० भाद्र बाजुरामा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्। सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य […]
"/> बाजुराका माओवादी जनताको घर-घरमा – शिंजापति

बाजुराका माओवादी जनताको घर-घरमा

  • शिंजापति न्युज
  • शनिबार, भदौ ३०, २०८० 0८:४५:४४
बाजुराका माओवादी जनताको घर-घरमा

निमेन्द्र शाही/३० भाद्र बाजुरामा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्।
सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज देवकी मल्लले बताएकी छन्।
बाजुराका नेताहरुको कार्यविभाजनगरी गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् ।

May be an image of 10 people, people studying and text
जिल्ला ईन्चार्ज मल्लले भनीनन्ः‘हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’, हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’

May be an image of 4 people, people smiling and fog
बाजुरा जिल्लाको हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाको कमाण्ड प्रदेश कमीटी उपाध्यक्ष हुकुम साँउँदले समालेका छन्। स्वामीकार्तिक रजगनाथ गाउँपालिकामा केन्द्रीय सदस्य तिलक परीवार, त्रिबेणी नगरपालिकामा जिल्ला सचिब रमेश बिक र ईन्चार्ज आफै खटीएकी छन् खप्तड छेडेदह गाउँपालिका र बुढीगंगा नगरपालिकामा केन्द्रीय लेखा आयोग सदस्य लक्ष्मण खड्का र बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा प्रदेश कोषाध्यक्ष कमल शाहलाई कमाण्ड ईन्चार्ज तोकीएको छ।

May be an image of 8 people and text
जिल्ला ईन्चार्ज मल्ल थपीन्ः‘हामी सबै वडामा पुगेर जनताको भावना बुझ्ने र त्यसक्रममा जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि देशभरका कुनैपनि घरपरिवार नछोडि जनताका घरमा पुग्ने। एउटा पनि जनताको घर नछोड्ने, सहिद बेपत्ता ,सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौँ । अहीले हामीले सबै स्थानिय तहका वडाहरुको भेला सम्पन्न गरेका छौं।’

प्रकाशित: शनिबार, भदौ ३०, २०८० 0८:४५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।