निमेन्द्र शाही /नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न गर्दै पत्रकार सम्मेलन गरी पार्टिका निणर्य सार्बजनिक गरीएका छन्। त्यही पत्रकार सम्मेलनमा युवा संघका केन्दीय अध्यक्ष नरेश शाहीले आफ्नो पार्टीमा बाजुराको संगठन बिस्तारका अभियान्ता र मुख्य लिडर भएकोले अब कार्यक्रता कम हुँनेमा संका नगर्न भनेका छन्। शाहीले भनेः‘हामी संग अण्डा पार्ने माछा भएकोले केही […]
"/> माउँ नेता हामी संगै भएकोले समाजबादी यात्रीको कमी हुँदैनः नेता शाही – शिंजापति

माउँ नेता हामी संगै भएकोले समाजबादी यात्रीको कमी हुँदैनः नेता शाही

  • शिंजापति न्युज
  • बुधबार, भदौ २३, २०७८ 0८:५१:५२
माउँ नेता हामी संगै भएकोले समाजबादी यात्रीको कमी हुँदैनः नेता शाही

निमेन्द्र शाही /नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न गर्दै पत्रकार सम्मेलन गरी पार्टिका निणर्य सार्बजनिक गरीएका छन्। त्यही पत्रकार सम्मेलनमा युवा संघका केन्दीय अध्यक्ष नरेश शाहीले आफ्नो पार्टीमा बाजुराको संगठन बिस्तारका अभियान्ता र मुख्य लिडर भएकोले अब कार्यक्रता कम हुँनेमा संका नगर्न भनेका छन्।

शाहीले भनेः‘हामी संग अण्डा पार्ने माछा भएकोले केही समय भित्र हाम्रो दावल ठृुलै हुँन्छ।, एमालेमा रहेको नेतृत्व अरुलाई सक्ने उदेश्यको छ। त्यो भएर सके त्यही भित्र भएकालाई खान्छन् त्यो सकीए आफै आफै लडेर सकीन्छन्’ उनले पत्रकारलाई बताए।
समाजबादीका केन्द्रीय सदस्य हिक्मतजंङ्ग शाहीले भनेः‘हामीले मेहनत गरेर बनाएको बाजुराको एमालेको संगठन तहस नहस हुँन लागेको देखेर त्यसको संरक्षणको लागि फेरी युगले मेरा आवश्यकता महसुस गर्‍यो।,मलाई साथीहरुले भुमिका बिहीन बनाए पार्टी फुटाएर सखाप पारे अब मैले दुख गरेको पार्टीको हालत बिग्रन नदिन म फेरी नेतृत्वमा आउँनु पर्‍यो।’

नेकपा (एस) बाजुराको प्रथम विस्तारित बैठक सकियो (यी भए निर्णय)
सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलनबाट सार्बजनिक गरीएको हो।
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् ।
उनका अनुसार संगठन विभाग प्रमुख निरबहादुर शाही, स्कुल विभाग प्रमुख नवराज जैशी, आर्थिक तथा योजना विभाग प्रमुख चिरन्जीवी शाही, प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रेमबहादुर विक, युवा तथा खेलकुद विभाग धर्म शाही, उद्योग तथा बाणिज्य विभाग मानबहादुर कुँवर, सहकारी विभाग, अशोक रावल, शिक्षा तथा मानवश्रोत विभाग पूणर् बुढा, पुस्तकालय तथा अभिलेख विभाग दिर्घराज पाध्याय, कला साँस्कृतिक तथा संरक्षण विभाग लालबहादुर थापा र स्थानीय विभागमा भरत थापालाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै पार्टीका कामलाई स्थानीय तहहरुमा परिचालित र निर्देशित गर्न ९ वटै स्थानीय तहमा ईन्चार्जहरुलाई मनोनित गरेको छ । जस मध्य बडीमालिका काँशी नेपाली, बुढीनन्दा तेज बहादुर रावत, बुढीगंगा भरत थापा र त्रिवेणी नगरपालिकामा शेरबहादुर शाहीलाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै गाउँपालिका तर्फको ईन्चार्जहरुमा स्वामीकार्तिक खापर रत्नचन्द्र जोशी, जगन्नाथ दिपराज गिरी, गौमुल गणेश रोकाया, खप्तड छेडेदहमा खगेन्द्र नाथ र हिमाली गाउँपालिकामा पुरबहादुर रावतलाई जिम्मेवारी दिईएको छ ।

प्रकाशित: बुधबार, भदौ २३, २०७८ 0८:५१:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।