निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। बाजुरा जिल्लामा लामो समय राजनितिक सेवामा खटीएका महिनाहरु आफु वडा बाट प्रतिनिधी हुँने र बढी भन्दा बढी महिला प्रतिनिधि ल्याउँनका लागि खटीएका छन्। आगामी बाजुरा काँग्रेसको सातौ जिल्ला अधिबेषमा महिलाहरुले महत्वपुणर् पदको जिम्मेवारी पाउँनु पर्ने दाबी सहित दैडधुपमा देखीन […]
"/>निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। बाजुरा जिल्लामा लामो समय राजनितिक सेवामा खटीएका महिनाहरु आफु वडा बाट प्रतिनिधी हुँने र बढी भन्दा बढी महिला प्रतिनिधि ल्याउँनका लागि खटीएका छन्।
आगामी बाजुरा काँग्रेसको सातौ जिल्ला अधिबेषमा महिलाहरुले महत्वपुणर् पदको जिम्मेवारी पाउँनु पर्ने दाबी सहित दैडधुपमा देखीन थालेका छन्। सके सम्म टीमबाट टिकट लिने र यदी महिलाहरुको उचित सम्मान भएन भने स्वतन्त्ररुपले समेत उम्मेद्धारी दिने तयारीमा जुटेका छन्।
महिला नेतृ जुना दानी, बिद्या तिमिलसेना, राधिका सिंह, कबिता बिष्ट, राधिका सुनार,अमृता सिंह, उमा रोकाया, तारा खाती, कुन्ती साउँद बुढा , रीता शाही, चन्द्रा देबी बुढा, दिपा बाेहरा र सुभद्रा पाण्डे लगाएत नेतृहरु जिल्ला र केन्द्रीय नेतृत्वका लागि बलियो रुपमा लागेका पाईन्छन्।
जुना दानी र राधिका सिंह बर्तमान माहाधिबेशन प्रतिनिधी हुन् भने बिद्या तिमिलसेनाले छैटौं जिल्ला अधिबेशनमा महाँधिबेशन प्रतिनिधीमा पराजय भोगेकी थिईन। भने अमृता सिंह महिला संघकाे जिल्ला अध्यक्ष हुन्।
राधिका सुनार त्रिबेणी नगरपालिकाकी उप मेयर हुन् भने तारा खाती बुढीगंगा नगरपालिकाकी उपमेयर हुन्। कुन्ती साउँद बुढा खप्तड छेडदह गाउँपालिकाकी उपाध्यक्ष हुन् भने चन्दा देबी बुढा हिमाली गाउँपालिकाकी उपाध्यक्ष हुन्।
रीता शाही सिंह अभिल्लो स्थानिय निर्वाचनमा बुढीनन्दा नगरपालिकामा उपमेयरमा श्रृष्टि रेग्मी संग पराजित भएक थिईन्। उमा रोकाया गौमल लागाउँपालिकामा उपाध्यक्षमा सीता थापा संग पराजित भएक थिईन्। तारा डँडाल जगन्नाथ गाउँपालिकामा उपाध्यक्षमा ऐना गिरी संग पराजय भोगेकी थिईन्।
महिलाको पछिल्लो पुस्ता पनि नेतृत्वमा पुग्नका लागि लागिरहेको देखीन्छ। सकृय रुपमा उदाहरणका रुपमा रीता शाही, धनी थापा लगाएतको पुस्ता पनि छ।