निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम मार्तडी डिपोमा चामल सकीदा डिपोले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ । पुर्बिक्तरी क्षेत्रका चार स्थानिय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडी बाट बिक्री बन्द गरेको थियो । सदरमुकाम आउँ जाउँ गर्ने साँफे मार्तडी सडक खण्ड र मार्तडी कोल्टी सडक […]
"/> चामल सकीएपछि मार्तडीमा बिक्री बन्द – शिंजापति

चामल सकीएपछि मार्तडीमा बिक्री बन्द

  • शिंजापति न्युज
  • शनिबार, अशोज २, २०७८ १४:१८:२९
चामल सकीएपछि मार्तडीमा बिक्री बन्द

निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम मार्तडी डिपोमा चामल सकीदा डिपोले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ । पुर्बिक्तरी क्षेत्रका चार स्थानिय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडी बाट बिक्री बन्द गरेको थियो ।
सदरमुकाम आउँ जाउँ गर्ने साँफे मार्तडी सडक खण्ड र मार्तडी कोल्टी सडक खण्ड बर्षादले भत्काएको दुई महिना सम्म पनि संचालन नुहँदा खाद्यान्न ढुवानीमा समस्या हुँदा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा चामल अभाब भएको हो ।
कोल्टीको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यस क्षेत्रका स्वामीकार्तिग खापार, जगन्नाथ र हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानियलाई खाद्यान पुगाउँनका लागि स्थापना गरीएको थियो । भने सदरमुकाम मार्तडीको डिपोले मार्तडी आसपासमा खाद्यान्न बितरण गर्ने गर्दथ्यो ।

No description available.
अहिले मार्तडी र कोल्टीमा गरी जम्मा ६५ क्वीन्टल मात्र चामल बाँकी छ। त्यो कैदैबन्दीहरुका लागि पनि नपुग्ने भए पछि बन्द गरीएको हो ।संस्थानमा चामल सकिएपछि स्थानीय महँगो चामल किनेर खान बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल एक केजीको ४८ रुपैयाँ पर्छ भने बजारमा सोही चामलको प्रतिकेजी ७० रुपैयाँ भन्दा बढी पर्छ ।
बाजुरामा आफ्नो उत्पादनले तिन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ। हरेक बर्ष एघार हजार मेट्रीटन खाद्यान्न अभाव हुँने गरेको छ। त्यसको पुर्ति लिमिटेडले गर्ने गरेको देखीन्छ। कोरोनाले समस्यामा रहकेका यहाँका जनतालाई भोकमरीले सताउँने देखीन्छ।
कृर्षि ज्ञान केन्द्रको कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ। त्यसमा जम्मा सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । अर्थात ७.७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेका छ। बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ।
कृर्षि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रशार अधिकृत मिन प्रशाद जोशी ले भनेः‘हाम्रो जिल्ला खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ।यस बर्ष गहुँ खेती समेत त्यति राम्रो भएको छैन बिष प्रतिशत उत्पादन घटेको छ। हाम्रोमा तिन महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ।’ उनले थपेः‘असार साउँन र भदैमा गरेर उनिहरुसंग खाद्यान्न अभाव भै सकेको छ। खाद्यान्नले आपुर्ति नगर्ने हो भने ठुलो संख्यामा भित्रीएको जनसंख्यालाई खाद्यान्न ब्यवस्थापनका लागि समस्या छ।’
नागरीक समाज बाजुराका अध्यक्ष अग्निराज शाही ले भनेः‘मान्छेले बाँच्न पाउँने अधिकार राज्यले सुरक्षीत गरीदिनु पर्छ। स्थलगत मार्गबाट सम्भव देखीदैन चारै तिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडी खोल्न सम्भव छैन। कोल्टीमा रहेको एरपोटबाट हवाई मार्फत ढुवानी गरेर चाँडो भन्दा चाँडो खाद्यान्न आपुर्तिमा जोड दिनु पर्ने देखीन्छ।’

प्रकाशित: शनिबार, अशोज २, २०७८ १४:१८:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।