निमेन्द्र शाही /सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा सोमबार देखि कतै अनन्ते त कतै चौदशी मेलाको रौनक छाएको छ । भदौ पूणर्िमाको दिनबाट सुरु हँुने अनन्ते मेलाको आज दोस्रो हो। तिन दिन सम्म लाग्ने यो मेलालाई दशैतिर पछिको ठुलो तेस्रो चाडका रुपमा लिने गरीन्छ। बाजुरा, अछाम, बझाङ, डोटी, मुगु, कालिकोट, हुम्ला लगायतका जिल्लमा मनाउने चलन रहेको […]
"/>निमेन्द्र शाही /सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा सोमबार देखि कतै अनन्ते त कतै चौदशी मेलाको रौनक छाएको छ । भदौ पूणर्िमाको दिनबाट सुरु हँुने अनन्ते मेलाको आज दोस्रो हो। तिन दिन सम्म लाग्ने यो मेलालाई दशैतिर पछिको ठुलो तेस्रो चाडका रुपमा लिने गरीन्छ। बाजुरा, अछाम, बझाङ, डोटी, मुगु, कालिकोट, हुम्ला लगायतका जिल्लमा मनाउने चलन रहेको छ । तिन दिन सम्म लगातार रुपमा यो पर्ब धुमधामका साथ मनाईन्छ।
मध्यपश्चिमका पहाडी जिल्लामा यसलाए चौदशीको रुपमा मान्ने प्रचलन रहेको छ । यस क्षेत्रका वासीको दशै र तिहार र भुवा पर्व पछिको तेस्रो ठूलो पर्वका रुपमा अनन्ते र चौदशी मेलाका रुपमा मनाईन्छ । पर्वमा तीन दिनसम्म देउडा खेल्ने, धामीहरु पर्तुने नाचगान गरेर मनाउने परम्परा रहेको छ ।
महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा विजय उत्सवका रुपमा यो पर्व हरेक वर्ष मनाइने हो। अनन्ते मेला अन्यायको अन्त्य’ भन्ने शब्द अपभ्रंस भएर उत्पत्ति भएको किम्बदन्ती रहेको छ । व्रतबन्धमा अनन्तः धारण गर्ने परम्परा रहेकाले यो पर्व पूणर्िमाको दिनबाट सुरु गरेर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीत र मागलका (भजनको स्थानिय भाका)मा गाथाको माध्यमद्वारा सुसूचीत गरिने परम्परा रहेको छ अनन्ते मेला अवधिभर मागल र गीत गाएर महाभारतको युद्धमा कौरव र पाण्डवबीचको युद्ध संवाद र युद्ध कुशलता जस्ता कार्यको वणर्न गरेको पाइन्छ । स्थानीय लोकसंस्कृति र जिल्लाको पहिचानस्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटिचौर, बुढीगङ्गा, वाई लगायत एक दर्जन बढी गाउँमा धुमधामका साथ मनाइने गरिन्छ । देउडा संस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको सङ्केतका रुपमा पनि यो पर्व मनाउने गरिएको स्थानीयवासीले बताउने गरेका छन् ।
मेलाको अवसर पारेर यतिखेर छिमेकी गाउँका, लेक खर्क बेँसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एक ठाउँ जम्मा हुने गरेका छन् । यो मेला सुदूरपश्चिमका अन्य ठाउँमा पनि मनाउने प्रचलन बढ्दै गएको छ भने जिल्लाको सबैजसो स्थानिय निकायमा पनि विस्तार हुँदै गएको छ।यस अवसरमा खेलिने धमारी, रतेउली, पुत्ला लगायतमा महिला पुरुष गोलो घेरा बनाएर एकै तालमा खुट्टा बटार्दै दुई समूहमा सवालजवाफ गर्ने गरिन्छ ।
जसमा गीत सिर्जना गर्ने एक मुख्य व्यक्ति छनोट गरिएको हुन्छ । महाभारतको युद्धमा पाण्डव र कौरबबिच भएको लडाइँको नक्कल गर्दै योद्धाहरूले देखाएको युद्ध कुशलता जस्ता क्रियाकलापसँग सम्बन्धित रहेर गीत सिर्जना गरी सवाल जवाफ गर्ने परम्परा छ । अनन्तेमा अन्य मेला महोत्सव जस्तो मायापिरतीका कुरा गर्न पाइँदैन ।
स्थानिय प्रबहरुको पछिल्लो समय बदलिदो बिदेशी संस्कृतिका कारण स्थानियले आफ्नो पहिचान गुमाउँनेमा यहाँका स्थानिय चिन्तीत देखीन्छन्। आउँदो पुस्ताले समेत आफ्ना परम्परा र संस्कृतिलाई जोगाउँने हो भने आफ्नो परम्परालाई संरक्षण गर्ने सकीने छ नत्र सबै परम्परा नाश हुँने छन्।
लभधकद्दद्ध टेलिभिजनका लागि बाजुरा बाट निमेन्द्र शाहीको रीपोट