राष्ट्रिय प्रजातन्त्र पार्टीको बाजुरा जिल्लाको एकता अधिवेशन सकिएको छ । राप्रपा, राप्रपा सयुक्त र राप्रपा राष्ट्रवादी पार्टी बीचको एकता पछि बाजुरामा पहिलो जिल्ला अधिवेशन सञ्चालन गरिएको हो । जिल्ला एकता अधिवेशनबाट जीत बहादुर शाही अध्यक्ष रहने गरी २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको छ । जसमा उपाध्यक्ष नन्दाखर रेग्मी, जयबहादुर गिरी, कौशल्या सिंह […]
"/>राष्ट्रिय प्रजातन्त्र पार्टीको बाजुरा जिल्लाको एकता अधिवेशन सकिएको छ । राप्रपा, राप्रपा सयुक्त र राप्रपा राष्ट्रवादी पार्टी बीचको एकता पछि बाजुरामा पहिलो जिल्ला अधिवेशन सञ्चालन गरिएको हो ।
जिल्ला एकता अधिवेशनबाट जीत बहादुर शाही अध्यक्ष रहने गरी २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको छ । जसमा उपाध्यक्ष नन्दाखर रेग्मी, जयबहादुर गिरी, कौशल्या सिंह गरि तीन जना चयन गरिएको छ । भने सचिव दलबहादुर थापा, सहसचिव सर्मिला रावल, कोषाध्यक्ष राजु बुढा राइकला सर्वसम्मत चयन भएका छन् ।
मार्तडीमा आयोजित जिल्ला अधिवेशनले प्रदेश निर्वाचन क्षेत्र क मा नविक सिंह र निर्वाचन क्षेत्र ख मा छत्र खडायतलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । तीन पार्टी बीचको एकताले कार्यकर्तामा पनि नयाँ उत्साह र उर्जा दिएको राप्रपाका नव निर्वाचित अध्यक्ष जीतबहादुर शाहीले बताएका छन् ।
जिल्ला भरिका राप्रपामा आवद्ध पार्टी कार्यकर्ता र नेताहरुको सहभागिता रहेको अधिवेशनले जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । राप्रपा प्रतिको गलत बुझाइमा समेत सुधार आएकोले देशकै प्रमुख शक्तिका रुपमा स्थापित हुने नेताहरुले दाबी गरेका छन् । ट्रेड युनियन महासंघ समिति गठन अध्यक्षमा सिंह चयन
राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था ट्रेड युनियन महासंघ जिल्ला कार्य समिति गठन गरिएको छ ।
बिहीबार ट्रेड युनियनका सुदूरपश्चिम प्रदेश संयोजक छत्रकुमार शाहीको प्रमुख आतिथ्यतामा जिल्ला कार्य समिति गठन गरिएको हो ।
ट्रेड युनियन महासंघ बाजुराको अध्यक्षमा नविन सिंह,उपाध्यक्ष सुकविर खड्का,सचिव प्रकाश वि.क.कोषाध्यक्षमा हरिश चन्द्र उपाध्याय रहने गरी ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।
समिति गठनमा राप्रपा सुदूरपश्चिम प्रदेश संयोजक छत्र कुमार शाही,केन्द्रीय सदस्य हर्कबहादुर मल्ल, जिल्ला अध्यक्ष जीतबहादुर शाही लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।