बडीमालिका नगरपालिका मार्तडीका १० महिलाले एमाले छाेडेर माओवादी राेजेका छन्। बडिमालिका नगरपालिका मा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता […]
"/>बडीमालिका नगरपालिका मार्तडीका १० महिलाले एमाले छाेडेर माओवादी राेजेका छन्।
बडिमालिका नगरपालिका मा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता उखेडा लगायत ३५ जनाको नगर कमिटी गठन गरेको हो ।
एमाले छाडेरका १० जना महिला माओवादीमा प्रवेश
बडीमालिका नगरपालिकामा भएको अनेमसंघ (क्रान्तिकारी) को पालिका स्तरीय भेलामा १० जना महिलाले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा बडीमालिका ९ की सुमन बिक, छाया नेपाली, बिमला नेपाली, प्रगति नेपाली, सीता नेपाली, जानकि नेपाली, राजु नेपाली, धनपुरा नेपाली, शान्ति बिक र कल्पना बिक रहेकी छन् ।
सीमा विकको अध्यक्षतामा भएको पालिका स्तरीय भेलामा प्रमुख अतिथि अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज कमल कुमारी शाह रहेकी थिईन् । त्यस्तै विशिष्ट अतिथिमा अनेमसंघ (क्रान्तिकारीकी बाजुरा संयोजक जलु रोकाया (जानकी) रहेकी थिईन् ।