निमेन्द्र शाही/नेपाली कांग्रेसको बाजुराको अधिबेशिनमा उम्मेद्धार बाहेक कार्यक्रताको मात्र करोडाै रकम खर्च भएको छ। उम्मेद्धारले कति खर्चे भन्ने बारेमा सहजै हिसाब बताउँन कठिन अवस्थामा छ। उनिहरुले समेत मतदाता रीजाएर आफु तिर तान्न केही रकम खर्चेको तथ्य बाहिर आएका छन्। अधिबेशनमा सदरमुकाम आउँने भोटरको संख्या भन्दा बढी अन्य शुभेच्छुक हरुको समेत उपस्थिती रहेको छ।, कार्यक्रताहरुले यातायात […]
"/>निमेन्द्र शाही/नेपाली कांग्रेसको बाजुराको अधिबेशिनमा उम्मेद्धार बाहेक कार्यक्रताको मात्र करोडाै रकम खर्च भएको छ। उम्मेद्धारले कति खर्चे भन्ने बारेमा सहजै हिसाब बताउँन कठिन अवस्थामा छ। उनिहरुले समेत मतदाता रीजाएर आफु तिर तान्न केही रकम खर्चेको तथ्य बाहिर आएका छन्।
अधिबेशनमा सदरमुकाम आउँने भोटरको संख्या भन्दा बढी अन्य शुभेच्छुक हरुको समेत उपस्थिती रहेको छ।, कार्यक्रताहरुले यातायात भाडा, खाना खर्च, खाजा,प्रचास सामाग्री, बसाईको खर्च र बिला सिताका चिजमा समेत ठुलो रकम खर्चिएका छन्।
कार्यक्रताको दोहोरो भाडा मात्र ३४ लाख पचास हजार,प्रचार पम्पलेट प्रचार सामाग्री छपाई खर्च ३४ लाख, सादा खाना मात्र १ करोड ५० लाख, दिनमा पचस रुपैयाको मात्र खाजा एक जनाले खर्च गर्दा आउँने खाजा खर्च १७ लाख ५० हजार,जम्मा उपस्थितीको एक तिहाईले मात्र पेय पदार्थ र स्न्यकक्सको न्यूनतम एक दिनमा एक हजा मात्र खर्च गर्ने हो भने १ करोड रकम खर्च हुँने रहेछ। प्रतिनिधीहरुको होटेलको कोठा भाडा र उम्मेद्धारले भोटर रीजाउँन खर्चेने रकम उल्यख नगर्द जम्मा ३ करोड, ३६ लाख रकम काँग्रेस कार्यक्रताको यस अधिबेशनमा खर्च भएको देखीन्छ।
कोरोनाले थला परेको मार्तडीको होटल ब्यबसायी र ब्यापारीलाई केही राहात भने भएको छ। जिल्लामा हुँने ठुला कार्यक्रमले यहाँका ब्यापारीलाई लगानीका क्षेत्रमा हौस्याएको छ। खास गरी यति ठुलो रकम खर्च कसरी भयो होला भन्दा गाउँ बाट आएका कार्यक्रताको सामान्य हिसाब जोड्दा पनि पाँच करोड बढी रकम नाग्द छ।जिल्लाका नौ वटा स्थानिय तहका ६९वडाका १२ सय सात प्रतिनिधी सदरमुकाम आई पुगेका छन्।
जसमा पुर्बी उत्तर क्षेत्रका सभापति रामबहादुर बोहराले दिएको जानकारी अनुसार पाँच सय दुई जना प्रतिनिधी हरु आएको र उनिहरुको कोल्टी यताको भाडा मात्र जोड्ने हो भने एक जनाले एक हजार रकम खर्च गरेका छन्। भने दक्षीण तिरका छ सय ९६ जना प्रतिनिधी छन् जसले मार्तडी बाहेककाले तिन सय भाडा तिरेर सदरमुकाम आएका छन्।
काँग्रेका एक पाका नेताले भनेः‘यहाँ भोटर १२ सय छन् । त्यसको तिन गुणा अन्य कार्यक्रताहरु सदरमुकाम आएका छन् उनिहरु सबैको संख्या जोड्दा करीब तिन हजार पाँच सय जतिको उपस्थिती सदरमुकाममा भएको छ।, ठुलो मात्रमा कार्यक्रताको रकम खर्च भएको छ। अझ चुनाब लम्बीने हो भने धेरै कार्यक्रताले घर जाँनलाई ऋण माग्नु पर्ने बाध्यता सृजना हुँने छ। ’
यातायातमा पबुर्ति उत्तरी भेडको ढम्कने देखी कमारेकोट सम्मको भाडा दर हजार रुपैया छ। कोल्टीबाट धुला चौर र जुड्डीको भाडा पाँच सय छ। त्यो थप्ने हो भने एक जनाले मार्तडी पुगुन्जेलको भाडा दर एक हजार माच सयमा पुग्छ त्यसै गरी फर्कीदाको जोड्ने हो भने तिन हजार हुँन आउँछ। भोटरको तिन गुणा कार्यक्रता आएका हुँन् भने जम्मा पुर्बित्तर क्षेत्र बाट एक हजार पाँच सय कार्यक्रता आउँछन् उनिहरुको दोहोरो यातायात खर्च मात्र २२ लाख पचास हजार हुँन्छ।
दक्षीणी क्षेत्र बाट छ सय ९६ जना प्रतिनिधी छन् तिन गुणा अरु कार्यक्रता आएका हुन् भने उनिहरुको यातायात खर्च मात्र बाम्काको मार्तडी बाट दर तिन सय रुपैया छ। करीब दुई हजार कार्यक्रता मार्तडी आएका छन् उनिहरुको दोहोरो यातायात खर्च जोड्ने हो भने १२ लाख खर्च हुँने देखीन्छ। तर यस क्षेत्रका कार्यक्रताहरु बिहान आउँने र बेलुका फेरी घर फर्केको दरपनि उच्च छ। त्यसले यातायात खर्च फेरी थप हुन्छ।
प्रदेश ख को प्रदेश प्रतिनिधीका उम्मेद्धार रामप्रशाद रेग्मिले भनेः‘मैले केही खर्च नगर्दा पनि प्रचार सामार्गीमा मात्र ३५ हजार खर्च भयो। अरुको पनि त्यसरीनै खर्च भएको छ। सभापति र ठुला पदका उम्मेद्धारको खर्च अझ बढी छ।’उनले भनेको हिसाबले जिल्लाअधिबेसनमा सबै गरी एक सय ७० जना उम्मेद्धार छन् । सरदरमा प्रचार सामाग्री खर्चको दर बिस हजार मात्र राख्ने हो भने पनि चौतिस लाख सामान्य गरी खर्च भएको देखीन्छ।
जिल्ला सदरमुकाममा दश दिन देखी नेता कार्यक्रताहरु र प्रतिनिधी गरी तिन हजार पाँच सय बढीको उपस्थिती छ। उनिहरुले एक दिनको दुई छाक खाना खानै पर्यो सादा खानाको एक सय पचासका दरले मात्र हिसाब गर्ने हो भने एक दिनको मात्र दश लाख पचास हजार हुँन्छ भने दश दिनको एक करोड पचास लाख खर्च हुँने देखीन्छ।
उनिहरुले चिया र खाजा समान्यमान्य मात्र दिनमा पचास हजारको खायो भने एक दिनमा एक लाख ७५ हजार हुन्छ भने दश दिनमा १७ लाख पचास हजार खर्च हुँन आउँछ।
यहाँ आएका सबै प्रतिनिधीमा एक हजार जनाले मात्र बिलासिताका बस्तुको प्रयोग र मदिरा जन्य सामाग्री र स्याक्स सामान्य तरीकाको भएमा एक हजार जनाले मात्र एक दिनमा एक हजार मात्र खर्चने हो भने पनि एक दिनको दश लाख हुँछ। भने दश दिनमा एक करोड खर्च हुँने देखीएको छ।