निमेन्द्र शाहीर/सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृती पर्बको रुपमा रहेको भुवा पर्व आज बाट शुरु भएको छ। बाजुरा, बझाङ्ग र अछाम जिल्लामा बिशेष गरी मनाईने यो पर्ब तिन दिन सम्म मनाउँने प्रचलन रहेको छ। पुष महिनाको औंसीको अघिल्लो रातीकै दिनदेखी गाउँ घरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) बनभोज खाँदै सुरु गर्ने चलन छ । भुवा पर्व […]
"/>निमेन्द्र शाहीर/सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृती पर्बको रुपमा रहेको भुवा पर्व आज बाट शुरु भएको छ। बाजुरा, बझाङ्ग र अछाम जिल्लामा बिशेष गरी मनाईने यो पर्ब तिन दिन सम्म मनाउँने प्रचलन रहेको छ। पुष महिनाको औंसीको अघिल्लो रातीकै दिनदेखी गाउँ घरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) बनभोज खाँदै सुरु गर्ने चलन छ ।
भुवा पर्व बाजुरा, बझाङ, अछामलगायत सुदूरपश्चिम, मध्यपश्चिमका साथै भारतको उत्तराखण्डमा भव्य रुपमा मनाउने गरिन्छ । भुवा पर्बमा देश बिदेशमा गएका आफन्त हरु समेत खुशी साँटासाँट गर्न घर आउँने गरेका छन्।
यस बर्ष पहिलो पटक सूदुर पश्चिम सरकारले आज एक दिनका लागि बाजुरा बझाङ्ग र अछामलाई सुरकारी बिदा दिएको छ। गत दुई बर्ष यता कोरोनाका कारण रोकीएको भुवा पर्ब यस बर्ष निरन्तरता पाएको छ।
त्रेतायूगमा पाण्डुका छोरा पाण्डव र धृत राष्ट्रका छोरा कौरव वीच कुरुक्षेत्रको लडाई पाण्डवहरुले जितेपछि त्यस पक्षले खुसियाली मनाएको दिनको सम्झानामा यो पर्व मनाउने गरिन्छ । गएराती सामुहीक रुपमा मुडा बालेल आगो सेक्ने र त्यहाँ बाट बिहान उज्यालो र शक्तिकाको दिप मान्दै राँकोबालेर भुव खेल्ने ठाउँमा भेला हुँने गरीन्छ। त्यस पछि अन्धकार हटाएको उपलक्ष्मा दिउँसो तरबार र ढाल प्रयोग गरेर युद्ध कौशलता प्रदशन गर्ने गरीन्छ।
भुवा पर्वमा विशेष गरि विभिन्न धार्मीक आस्थाहरु समेटीएका मागलहरु देउँडा गाँउनका साथै, जिवन चक्र संग तथा माया प्रेम र पेशा संग सम्बन्धित विभिन्न मागलहरु गाँउदै मनाउने र ति मागलको आफ्नै मौलीकता हुने गरेका छन्।
बाजुरा जिल्लाका बडिमालिका नगरपालिकाका साथै पाण्डुसैन, बह्रमतोला, आटिचौर, कुलदेवमाडौ, कैलाशमाडांैलगायत ठाउँमा आज बिहानै बाट भुवा चाली शुरु भएको हो। यो पर्व विषेशरुपमा ३ देखी ५ दिन सम्म मनाइने गरीएको छ।
बडिमालिका नगरपालिकाका -७ का मदन जोशीले भनेः‘भुवा पर्वमा गएरातभरी मुढामा आगो सल्काएर देउडा, भारीखेल, रातभर बालेका आगो सल्काएर राँका बनाएर भोस्सोलगायत विभिन्न खेलहरु छुट्टा छुट्टै खेल्ने चलन छ । आफ्नो छुट्टै मौलीकता रहेको भुवा पर्व संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा रहेको छ ।’
लिबहादुर कुवरले भनेः‘पहिला पहिला गाँउ भरिका सबै एकै ठाँउमा जम्मा हुन्थ्यौँ दुःख सुख साँटा साँट गरिन्थ्यो गाँउमा गर्नुपर्ने महत्वपुणर् निणर्य पनि सबै भेला भएको अवसर गरिन्थ्यो अनि हरिनु चितल लगाएतका स्थानीय संस्कती झल्किने लाखे नाच प्रस्तुत गरिन्थ्यो तर अहिले विस्तारै आधुनिकता भित्रीन थालेपछि अहिलेका युवाहरुले यस प्रति वास्ता नगरेकाले यो भुवा पर्व लोप हुने अवस्थामा पुगेको हो ।’
प्रयागराज जोशीले भनेः‘आजको दिन सबैले कामसकाएका हुन्छन् सबै फुर्सदमा हुन्छन् अनि सबै एकै ठाँउमा जम्मा भएर रमाईलो गर्दा अफनत्व हुन्थ्यो तर अव अहिले विस्तार सबैले यसलाई भुल्दैगए कुनै दिनमा इतिहाँसमा मात्र सिमीत होलकी भन्ने चिन्ता लागेको छ।’
पछिल्लो समयमा हरेक पर्बहरुमा मदिरा सेबनका कारण झैझगडा हुँने र एक आपसमा हानाहान समेत हुँने गरेका कारण पर्बको शाख घट्नेमा बुढा बुढी चिन्तीत छन्।