गुरुयोजनामा धार्मिक तथा प्राकृतिक पदयात्राको गन्तव्यको रुपमा पहिचान गरी प्राथमिकीकरण गरेर निर्माण गर्नुपर्ने योजनाहरु सुझाइएको भएपनि ति योजनाहरु बजेट छुट्याइएको छैन। मुकेस टेर्रा/ प्राकृतिक सौन्दर्यको छटा बडिमालिका यति बेला चर्चाको शिखरमा छ । जनैपुणर्िमा आएपछि हरेक वर्ष बडिमालिका जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बडिमालिकासंग जोडिएका स्थानीय सरकारले बडिमालिकालाई […]
"/>गुरुयोजनामा धार्मिक तथा प्राकृतिक पदयात्राको गन्तव्यको रुपमा पहिचान गरी प्राथमिकीकरण गरेर निर्माण गर्नुपर्ने योजनाहरु सुझाइएको भएपनि ति योजनाहरु बजेट छुट्याइएको छैन।
मुकेस टेर्रा/ प्राकृतिक सौन्दर्यको छटा बडिमालिका यति बेला चर्चाको शिखरमा छ । जनैपुणर्िमा आएपछि हरेक वर्ष बडिमालिका जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बडिमालिकासंग जोडिएका स्थानीय सरकारले बडिमालिकालाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेका छन् ।
तर, वर्षौदेखि बडिमालिकालाई पर्यटन गन्तव्य बनाउने चर्चा गरिएपनि हालसम्म पर्यटन गन्तव्यको रुपमा विकास हुन सकेको छैन । लामो समयदेखि जनैपूणर्िमाको धार्मिक यात्राको गन्तव्यमै बडिमालिका सीमित भएको छ । यसलाई सदाबहार पर्यटन गन्तव्य बनाउन सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण गरिएपनि सरकारहरुले योजना बनाई बजेट विनियोजन गरेका छैनन् । जसले गर्दा बडिमालिका सिजनल धार्मिक यात्राको गन्तव्य बनेको छ ।
समुन्द्री सतहबाट १४ हजार मिटर उचाईमा रहेको बडिमालिका ट्रेकिङ्ग तथा धार्मिक यात्राका लागि प्रसिद्ध छ । पदयात्रीका लागि सुरक्षा र सुविधा व्यवस्थापन हुन नसक्दा बडिमालिका जनैपुणर्िमामा मात्रै तीर्थालु जानेका गरेका छन् । बडिमालिकामा पर्यटन विकासको चर्चा वर्षौदेखि भइरहेको भएपनि तीनै तहका सरकारले सो क्षेत्रमा ट्रेकिङ्ग ट्रेल, आवास, खानेपानी लगायतका पर्यटन पुर्वाधार निर्माण गर्ने निर्माणमा बजेट विनियोजन नगर्दा बडिमालिकाले जनैपूणर्िमाको बेला मात्रै श्रद्धालुबाट दर्शन पाउने गरेको छ ।
बाजुरा, डोटी, अछाम, बझाङ्ग, कालिकोट, जुम्ला लगायतका जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हरेक वर्ष जनैपूणर्िमामा पुजा टोली गएर पुजा गर्ने परम्परा वर्षौदेखि निरन्तर चलेको छ । यसपालिको जनैपूणर्िमा यही साउन २६ गते परेको हुनाले ति जिल्लाहरुबाट पुजा टोली बडिमालिकाका लागि हिडिसकेका छन् । वर्षौदेखिको चलेको परम्परा अनुसार पुजा टोली पठाएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको १० वर्षे पर्यटन गुरुयोजनाले पनि बडिमालिकामा पर्यटन विकासका लागि लागि पर्यटकको आवास गृह, खानेपानी, सुरक्षा, ट्रेकिङ्ग रुट चिन्ह र ट्रेकिङ्ग रुट सम्बन्धी सम्पूणर् सूचना भएको बेवसाइट पहिलो प्राथमिकताका साथ बनाउन सुझाव दिएको छ । चालु आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरी बनाइएको गुरुयोजनामा पहिलो वर्षदेखि नै सो कार्य प्रारम्भ गर्नुपर्ने उल्लेख छ । तर प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो कार्यका लागि बजेट विनियोजन गरेको छैन । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले गुरुयोजनाले पहिचान गरेको योजनामा यस वर्ष बजेट विनियोजन हुन नसकेको बताए । उनले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।
बाजुराको बडिमालिका नगरपालिकाले यसपालीको जनैपूणर्िमाको अवसर पारेर बडिमालिका यात्रा वर्ष ०७९/८० अभियान शुरु गरेको छ । ‘यसलाई मानिसहरुले जनैपूणर्िमाको मेलाको रुपमा मात्रै बुझिरहेका छन्,’ बडिमालिकाका नगरप्रमुख अमर खड्काले भने, ‘हामी यसलाई वर्षभरि (०८० असार मसान्तसम्म) नै सञ्चालन गर्छौ । यसले बडिमालिकाको पर्यटन प्रबद्र्धनमा ठूलो भूमिका निर्वाह गर्छ ।’
बडिमालिका नगरपालिकाले पछि बडिमालिका क्षेत्रको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना बनाएको छ । नगरप्रमुख खड्काले पर्यटन प्रर्बटनका लागि नगरपालिकाले गुरुयोजना अनुसार नै अगाडि बढि रहेको दावी गरे । उनले स्थानीयस्तरमा पुर्वाधार निर्माण, होम स्टे सञ्चालन, बडिमालिका ट्रेकिङ्ग रुटका लागि भरिया र गाइड तयार गर्ने कार्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए । यसैगरी, बडिमालिका रुटमा ट्रेकिङ्ग ट्रेल, खानेपानी, आवास निर्माण लगायतका भौतिक पुर्वाधारका लागि प्रदेश र संघीय सरकारसंग पहल गरिरहेको नगरप्रमुख खड्काले बताए ।
काजुराको बडिमालिका नगरपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा यसपाली जनैपूणर्िमा मेला व्यवस्थित गर्ने प्रयास गरिएको छ । बाजुरा जिल्लाका सरकारी कार्यालयबाट बडिमालिका जाने पुजा टोलीलाई एकीकृत ढंगले पठाइएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सरकारी कार्यालयको पुजा टोलीलाई बाजागाजा सहित एक साथ पठाइएको नगरप्रमुख खड्काले बताए । उनले बडिकालिका नगरपालिकाले जनैपुणर्िमा मेलाका लागि विनियोजन गरेको पाँच लाख बजेटले बडिमालिका जाने रुटमा अस्थायी चर्पी, खानेपानी लगायतका व्यवस्थापन गरिएको बताए ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बडिमालिका रुट र मेला स्थलमा यसपाली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सुरक्षाका लागि खटाइएको बताए । उनले एक सय जनाको सुरक्षा टोली खटिएकोमा एक टोली फर्किएर अर्को टोली पठाएको बताए । उनले सरकारको नीति निर्माणको तहमा रहेका नेतृत्वको बडिमालिकामा ध्यान केन्द्रित हुन नसकेको हुनाले बडिमालिकामा पर्यटन विकास हुन नसकेको बताए । यद्दपि, जनैपूणर्िमाको बेला २० हजार र वर्षको अन्य समयमा २० हजार गरी वार्षिक ४० हजार नेपालीले बडिमालिका दर्शन गरेको अनुमान रहेको बताए । बडिमालिकाको पर्यटन अहिले प्रचारप्रसार गर्ने चरणमै रहेको हुनाले रोयल्टी लगाउन नसकेको हुनाले सरकारले बडिमालिकाको पर्यटनबाट आम्दानी गर्न नसकेको विष्टले बताए ।
बडिमालिका-खप्तड, बडिमालिका-रामारोशन, बडिमालिका-बढीनन्दा, बडिमालिका-रारा ट्रेकिङ्ग रुट निर्माण गर्ने चर्चा पटक पटक उठेपनि त्यस विषयले मुर्त-आकार लिन सकेको छैन । त्यस विषयमा सम्भाव्यता अध्ययनहरु पनि भएका छैनन् । बडिमालिका-मार्तडी केबुलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी डिपिआर निर्माण गरिएको भनिएपनि त्यस विषयमा ठोस पहल हुन सकेको छैन ।