जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन । जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज […]
"/>जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन ।
जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज एक प्रेश विज्ञेप्ती जारी गर्दै आफुहरुलाई एमालेमा गएको भन्दै फैलाएको अफवाहा सत्यता नभएको बताएका छन । विगत देखिनै पुर्व माओवादि पार्टीमा रहेको बताउदै उनिहरुले केहि दिन अघि पार्टी परीत्याग गरी नेकपा एमालेमा गएको भन्दै फैलाएको भम्र कपोकल्पीत सत्यता नभएको र त्यो झुटको खेति अनि प्रचारवाजि भएको भन्दै आपत्ति जनाएका हुन ।
नेकपा एमाले र पुर्व माओवादि केन्द्रको तिन वर्षको पार्टी एकिकरणको सहकार्यमा संगै भएको र निर्वाचन आयोगको निणर्य पश्चात अहिले दुवै पार्टी अलग अलग भएको अवस्थामा पार्टी परीत्याग नगरेको नेकपा माओवादि केन्द्रका जिल्ला कमिटी सदश्य रंगलाल वोगट्टीले बताउनुभयो । उहाँले पार्टी विभाजन पछि आफुहरु नेकपा एमालेको शरणमा नगएको र पुरानै पार्टीमा रहेको बताउनुभएको छ ।
केहि अराजक तत्वले आफुहरुलाई विना जानकारी नेकपा एमालेमा गएको भन्ने फैलाएको भ्रम र अफवाहाको पछि नलाग्न आम नागरीकलाई आग्रह गर्नुभएको छ । असल सर्वहारा वर्गको पार्टी नेकपा माओवादि केन्द्रको जिल्ला कमिटीमा रहि सांगठानिक कार्य गर्दै आईरहेको भए पनि केहि अराजक मानसिकता भएका वदनियत ब्यक्तिले नेकपा एमालेमा गएको भन्ने फैलाएको अफवाहा कपोकल्पीत साचोँ नभएको र त्यो क्रियाकलाप गर्ने ब्यक्ति र पार्टी प्रति हाम्रो घोर आपत्ति छ, त्यस्ता झुटा प्रचार र समचारको पछि नलाग्न आग्रह गरेको माओवादि केन्द्रका जिल्ला कमिटी सदश्यले हस्ताक्षेर गरेको प्रेस विज्ञेप्तीमा भनिएको छ ।
केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टी संविधान विरोधि, विघटनकारी र स्च्छेचारी पार्टी भएको माओवादि केन्द्रको आरोप छ । ओलीको नेतृत्वमा रहेको नेकपा एमाले पार्टीमा नरहने मनसायमा रहेको अवस्थामा हाम्रो चरीत्र हत्या गर्ने र हामी माथि हिलो छ्याप्ने ब्यक्ति र पार्टी प्रति घोर आपत्ति प्रकट गर्दै निरन्तर नेकपा माओवादिको जीम्मेवारीमा रहि काम गरीरहेको जानकारी गराउद छौ, प्रेश विज्ञेप्तीमा उल्लेख गरीएको छ । पार्टी बलियो बनाउनका लागि ओली नेतृत्वका नेता तथा कार्यक्रताले हुदै नभएको कुरा गर्ने, आम नागरीकलाई झुटको भम्र सृजना गर्ने र तछाड मछाड गर्ने जस्ता क्रियाकलाप गर्ने गरेको माओवादि केन्द्रले जनाएको छ । एमालेको अहंकार, दम्भ र निरङकुस अनि सर्वसत्तावादि सोचका विरुद्ध नेकपा माओवादि केन्द्र एक भएर लाग्ने जनाईएको छ ।