अर्जुन शाह – सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का सांसदहरु तारा लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवै जनालाई बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका […]
"/>अर्जुन शाह – सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का सांसदहरु तारा लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् ।
दुवै जनालाई बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री बोहरालाई भने मुख्यमन्त्री भट्टले शपथ गराएको छन् ।
त्यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका थिए ।
सुदूरपश्चिममा हाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको सुंयुक्त सरकार छ । ५२ जना कुल सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको आवश्यकता पर्दछ । उक्त संख्या नेकपा (एस) का १४ जना माओवादी केन्द्रका १३ जना भएकाले पुग्छ ।