निमेन्द्र शाही / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार शुनिश्चत गर्न नभएको भन्दै बाजुराका नौ ओटा स्थानिय तह लाईलाई ज्ञापन पत्र बुझाएको छ। भने जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय […]
"/>निमेन्द्र शाही / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार शुनिश्चत गर्न नभएको भन्दै बाजुराका नौ ओटा स्थानिय तह लाईलाई ज्ञापन पत्र बुझाएको छ। भने जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय सदस्य तथा बाजुरा इन्चार्ज कमल कुमारी शाह(शाही) र जिल्ला अध्यक्ष जलुदेबी बुढा ले हस्ताक्षर गरेको ज्ञापन पत्र नौ वटा स्थानिय तहमा बिद्युतिय माध्याम बाट र जिल्ला प्रशासन कार्यालयमा भौतिक उपस्थितीमा बुझाएका हुन्।
नौ वटा स्थानिय तहमा बुझाएको ज्ञापन पत्रमा लेखीएको छ।भनिन्छ महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । अर्थात अर्को सर्दभमा भन्दा कुनै पनि सामाजिक रुपान्तरणका आन्दोलनहरु महिला सहभागिता बिना सफल हुँन सक्दैनन्। नेपाली जनताको लामो संघर्ष, जनयूद्ध र जन आन्दोलन पश्चात नेपाली जनताले आफ्नै जनप्रतिनिधी द्धारा राज्यको पुनः संरचना सहितको संघिय गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातीक समाबेशी सहभागिताको बिषेशता सहितको संबिधान जारी गरेको छ।
जहाँ महिलाहरुको लागि प्रस्तावना देखीनै सामान्ती राज्य ब्यवस्थाको अन्त्य गर्ने संकल्प गर्दै मैलीक हक अन्र्तगत महिला हक, समानताको हकलाई ब्यवहारमा लागु गर्नु हामी सबैको कर्तब्य र दायीत्व हो । त्यस अर्थ महिला हक, हित र अधिकारको निम्ती संर्घष गदै आएको हाम्रो गौरबसाली संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) निम्न लिखित माग कार्यन्वयनका लागि माग गर्न चाहान्छौं।
उनहिरुले ज्ञापन-पत्रमा नौ वटा मागहरु समाबेश गरेका छन्।
जसमा १.स्वास्थ्य संस्था(अस्पताल स्वास्थ्य चौकी) र शिक्षण संस्था बिद्यालय, बिश्व बिद्यालयको हाताको वरपर निश्चित दुरु सम्म धुम्रपान, मध्यपान, जुवातास,निषेधित क्षेत्र घोषण गरीयोस्। २.माध्यामिक तह सम्म किसोरी मैत्रि बातावरण बनाउँन किशोरीहरुलाई आराम कक्ष शौचालयको ब्यवस्था, स्यानिटरी प्याडको ब्वस्था गरीयोस्। ३.त्यस स्थानिय तह भित्रमा रहेका माध्यामीक बिद्यालयमा एक जना स्टाप नर्सको ब्यवस्था गरीयोस्।
४. आमाको नाम बाट नागरीकता प्राप्त गर्ने सहज वातावरण निर्माण गरीयोस्।, ५.छोरा सरह छोरीलाई पैत्रीक सम्पतीमा समान अधिकार ब्यवस्था लागु गरीयोस्।, ६.लौङ्गिक उत्तरदायी बजेट १० प्रतिशतको ब्वस्था गरी जनचेतना, तालिम, शिप सिकाई आदीमा प्रयोग गरीयोस्।, ७.त्यस स्थानिय तहलाई महिला हिंसा मुक्त पालिका घोषणा गरीयोस्।, ८. त्यस स्थानिय तहमा अल्पकालीन शुरक्षीत गृह (सेभ हाउँ)को ब्यवस्था गरीयोस्।, ९.सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुँने ब्यवस्था मिलाईयोस्