निमेन्द्र शाही / नेपाली कांग्रेस बाजुराको अधिबेषन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। पछिल्लो समय वडा र स्थानिय तहमा नेतृत्वको चयन हुँने क्रम चलिरहदा जिल्ला पछिको दोस्रो शक्ति केन्द्रको नेतृत्व कसले गर्ने भन्ने चर्चा सतमा आउँन थालेको छ। प्रदेश निर्वाचन क्षेत्र (क)का आकांछीको संख्या केही बढी रहे पनि प्रदेश निर्वाचन क्षेत्र (ख)मा […]
"/>निमेन्द्र शाही / नेपाली कांग्रेस बाजुराको अधिबेषन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। पछिल्लो समय वडा र स्थानिय तहमा नेतृत्वको चयन हुँने क्रम चलिरहदा जिल्ला पछिको दोस्रो शक्ति केन्द्रको नेतृत्व कसले गर्ने भन्ने चर्चा सतमा आउँन थालेको छ।
प्रदेश निर्वाचन क्षेत्र (क)का आकांछीको संख्या केही बढी रहे पनि प्रदेश निर्वाचन क्षेत्र (ख)मा भने त्यती सारो आकांक्षीहरु देखीएका छैनन्। युवा नेतृत्वहरु जिल्लाको पदाधिकारी र महाँधिबेशको उम्मेद्धारमा दैडधुप गरीरहंदा त्याहाँको प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारीको हुँने भन्ने चर्चा चर्को गरी उठेको देखीदैन।
प्रदेश निर्वाचन क्षेत्र (क) मा जनकराज गिरीले कार्यक्रता ब्यवस्थापनको हिसाबले योजना बनाएका छन् भने प्रदेश निर्वाचन क्षेत्र (ख) मा भने देवराज जोशीले त्यसको योजना बनाउँने पक्का पक्की देखीएको छ।
दुबै निर्वाचन क्षेत्रका गरी जिल्लामा आउँने प्रतिनिधी पुग नपुग ११ सयको हाराहारीमा आउँने देखीएको छ। अहिले जिल्ला निर्वाचन क्षेत्र र स्थानिय तह सम्म कसरी कार्यक्रता ब्यवस्थापन गर्ने भन्नेमा देबराज जोशी र जनक गिरीको योजना बुनिरहेका छन्। खासमा रामचन्द्र प्यानलका प्रतिनिधी देखीएपनि उनको टिमको नेता मानिने केन्द्रीय सदस्य बद्री पाण्डे जिल्लाको राजनितिमा अर्थपुणर् भुमीका राख्दैनन्।
प्रदेश निर्वाचन क्षेत्र (क) मा सभापतिमा पाँच जनाको उम्मेद्धारी देखीएको छ। उनिहरु सबै जनराज गिरीकाे याेजना शिराेपर गर्ने उम्मेद्धार मानिन्छन्। त्यस क्षेत्रको सभापतीको उम्मेद्धारमा सबै भन्दा बलिया उम्मेद्धार नारायाण उपाध्याय देखीएका छन् । पाध्यायलाइ नेतृत्वमा ल्याउँन पहिलाे चरणकाे सहमती भएकाे उनकाे दाबी छ । उनि अहिलेका जिल्ला कार्यसमितिका कोषा अध्यक्ष हुन्। दोस्रोमा बर्तमान समन्वय समितिका प्रमुख नरेन्द्र रोकाया र तेस्रोमा बुढीनन्दा नगरपालिकाका वडा अध्यक्ष रामबहादुर बोहरा हिमाली गाउँपालिकाका वडा अध्यक्ष जयबहादुर अधिकारी र छत्र मल्ल देखीएका छन्। उपसभापतिमा मदन गिरीले उम्मेद्धारी घोषणा गरेका छन् भने सचिबमा रबिन्द्र रोकाया र जनम धामीले उमेद्धारी घोषणा गरेका छन्। रामबहादुर बाेहरा गिरीकाे कित्तामा हाेइनन् भन्ने हल्ला बजारमा भए पनि उनि गरीका पुराना र बिश्वारीला कार्यक्रता मानिन्छन्।
प्रदेश निर्वाचन क्षेत्र (ख) मा भने अहिले सम्म उम्मेद्धारी घोषण गरी सकेको अवस्था नभए पनि सम्भाबित उम्मेछारमा उयोग बाणीज्य संघका गौमुल गाउँपालिकाका देबबहादुर रोकाया, बुढीगंगा नगरपालिकाका रंग खती र बडिमालीका नगरपालिकाका शुरेन्द्र सिंह मध्य एक जना सभापति हुँने देखीएको छ।