निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गर्न शुरु गरे पछि बाजुरा सदरमुकाम सम्मको सडक सम्बन्ध फेरी जोडीने भएको छ। यो बाटो बन्द हुँदा बाजुरा हुम्ला र […]
"/>निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गर्न शुरु गरे पछि बाजुरा सदरमुकाम सम्मको सडक सम्बन्ध फेरी जोडीने भएको छ। यो बाटो बन्द हुँदा बाजुरा हुम्ला र मुगुका स्थानियले दुख पाएका थिए।
साँफे-मार्तडी सडक खण्ड अन्तरगतको बार्जुगाड देखि सदरमुकाम मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौ ठाउँमा हरेक बर्ष जस्तै यसर बर्ष पनि पहिरो गएपछि अहिले यहाँका जनताले शास्ती भोग्नु परेको छ। शिलानास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीसम्म जोडिए थियो सडक जोडीएको पाँच बर्ष सम्म हरेक बर्ष बर्षदमा यातायात बन्द हुँने गरेको छ। उक्त सडको ताप्रीसडक पहिरोका कारण तहस नहस भई विग्रेको अवस्थामा छ । सडकको विचमा पर्ने ताप्रीसेराको पक्की पुल बाढीले बगाएका छ ।
सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो गएपछि अहिले सदरमुकाम मार्तडीसम्मको यातायात सेवा पूणर् रुपमा अवरुद्ध बनेको छ । साँफे मार्तडी सडकखण्ड नजिकै बग्ने बूढीगङ्गा नदीले सडक नै कटान गरी सडकको निसानासमेत नदेखिने गरी सडक भत्केको छ ।
सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब बजेट खर्च भइसकेको छ । पहाडी क्षेत्रमा प्रतिकिलोमिटर रु चार करोड बजेट कालोपत्रसम्म खर्च हुने गरेको छ । यति ठूलो मात्रामा खर्च गर्दा पनि जिल्लावासीले वर्षेनी सास्ती खेप्नु दुःखद् विषय बनेको छ । आवतजावत मात्र रोकिने नभई दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको थियो ।