निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गरे पछि पुनः बाजुराको सदरमुकाम सम्मको सडक सम्बन्ध जोडीएको छ। यो बाटो जोडीदा बाजुरा,हुम्ला र मुगुका स्थानियलाई सहज भएको हो […]
"/>निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गरे पछि पुनः बाजुराको सदरमुकाम सम्मको सडक सम्बन्ध जोडीएको छ। यो बाटो जोडीदा बाजुरा,हुम्ला र मुगुका स्थानियलाई सहज भएको हो ।
साँफे-मार्तडी सडक खण्ड अन्तरगतको बार्जुगाड देखि सदरमुकाम मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौ ठाउँमा हरेक बर्ष जस्तै यसर बर्ष पनि पहिरो गएपछि तिन महिना देखी यहाँका जनताले सास्ती भोग्नु परेको थियो । शिलान्यास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीसम्म सडक जोडीएको पाँच बर्ष सम्म हरेक बर्ष बर्षदमा यातायात बन्द हुँने गरेको छ।
‘बर्षाद रोकीए लगतै हामीले काम शुरु गरेका थियौं आज बाट साना गाडी र ट्याक्टर चल्ने भएको छ। भोली सम्म बस समेत संचालन हुँने गरी बनाई सक्ने योजना रहेको छ।, पानी बढी भएको ठाउँमा होम पाईप र अन्य पाईपको प्रयोग समेत गर्ने योजना बनाएका छौं अब बाटोका कारण जनताले सास्ती पाउँनु पद्रैन।’सडक बिभागका ईन्जिनियर दमन बिष्टले बताए।
‘बाटो समयमा नबन्दा हामीलाई सामान ढुवानी गर्न सारै कठीन भएको थियो।, उपभोक्तालाई समेत सामान दिन सकीएको थिइएन अब बाटो खुल्यो सहज भएको छ। कम्तीमा दशैको सामानत सहज रुपमा उपभोक्ता सम्म दिन सकीने भयो ।’ दैनिक उपभोग्य सामानका थोक बिक्रेता हंश सिंहले बताए।
सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो गएपछि अहिले सदरमुकाम मार्तडीसम्मको यातायात सेवा आंसीक रुपमा मात्र संचालनमा छ ।
सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब बजेट खर्च भइसकेको छ । पहाडी क्षेत्रमा प्रतिकिलोमिटर रु चार करोड बजेट कालोपत्रसम्म खर्च हुने गरेको छ । यति ठूलो मात्रामा खर्च गर्दा पनि जिल्लावासीले वर्षेनी सास्ती खेप्नु दुःखद् विषय बनेको छ । आवतजावत मात्र रोकिने नभई दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको थियो ।