निमेन्द्र शाही/ बाजुरा जिल्लामा मंगलबार बाट परेको हिमपातले पश्चिमका हिमाली जिल्लाको जनजिवन थला परेको छ । हिमपातका कारण किद्यालय संचालन हुँन सकेका छैनन्, हिउँले चरन क्षेत्र ढाक्दा चौपायार बस्तुभाउँ चराउँन समस्या छ। चिसोले जनजिवन अस्त ब्यस्तनै छ। हुम्ल, मुगु र बाजुराको पुर्बित्तर स्थानिय तहका बासिन्दा पोरखे लेखमा परेको हिमपातका कारण ओहरदोहर गर्न सकेका छैनन्। सदरमुकाम […]
"/>निमेन्द्र शाही/ बाजुरा जिल्लामा मंगलबार बाट परेको हिमपातले पश्चिमका हिमाली जिल्लाको जनजिवन थला परेको छ । हिमपातका कारण किद्यालय संचालन हुँन सकेका छैनन्, हिउँले चरन क्षेत्र ढाक्दा चौपायार बस्तुभाउँ चराउँन समस्या छ। चिसोले जनजिवन अस्त ब्यस्तनै छ।
हुम्ल, मुगु र बाजुराको पुर्बित्तर स्थानिय तहका बासिन्दा पोरखे लेखमा परेको हिमपातका कारण ओहरदोहर गर्न सकेका छैनन्। सदरमुकाम मार्तडी बाट कोल्टी सम्मको यातायात सेवा पुणर्रुपमा अबरुद्ध छ ।
‘मंगलबार बाट परेको हिउँमा रोकीएका गाडीहरु पोरखेलेखमा हिउँमा डुबेका छन्।, हिउँ हटाउँ पहल नभएका कारण यातायात संचालन भएको छैन।’ स्वामीकार्तिक मानसरवर यातायात प्रालिका अध्यक्ष धर्मेन्द्र सिंहले जानकारी दिए।
सडक अबरुद्ध
हिमपात कारण अवरुद्ध मार्तडी कोल्टी सडक खण्ड अझै खुलेको छैन् । अवरुद्ध सडक हिमपातले खुल्न नसकेपछि मार्तडी देखि कोल्टी र कोल्टीदेखि मार्तडी आवत जावत गर्ने हुम्ला, मुगु र बाजुराका यात्रुवीच बाटोमै अलपत्र परेका छन् ।
कामकाजका लागि जिल्लाको सदरमुकाम मार्तडी आउने मानिसहरुलाई निकै सास्ती खेप्नु परेको छ । हिडेर आउने जाने हो भने ढम्कनेदेखि पाण्डुसैनसम्म बाक्लो हिमपात भएकोले हिडेर आवत जावत गर्न सम्भव नभएको बुढीनन्दा नगरपालिका- ९ की जौला लवारले बताईन्।
हिमपातले गर्दा ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे हुने भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको स्वामिकार्तिक मानसरोवर यातायात प्रालिका संचालक प्रकाश थापाले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जीपसेवा सुचारू हुन नसकेको छैन।
किसन भने खुशी
पटक-पटक हिमपात संगै पानी परेका कारण खेती राम्रो हुँने भन्दै किसानहरुले राहत महशुस गरेका छन्। हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट र मार्तडी जुकोट, गोत्री लगाएतका गाउँमा हिमपात भएपछि यस बर्षको खेती राम्रो हुँने र स्याउँका बिरुवा लगाउँन सजिलो हुँने आशा गरेका छन्।