नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाएको छ । त्यसै क्रममा बाजुराका सबै स्थानिय तहमा पार्टीले जनयुद्ध दिवस मनाएको छ। युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टीका जिल्लामा उपलब्ध नेता तथा कार्यक्रता र अनेरास्वबियू क्रान्तिकारीको ले संगठनको जिल्ला समन्वय कार्यालय, पेरिसडाँडामा सहितको फोटोमा माल्याअप्रण र लोकतान्त्रीक चोकमा दिप प्रजोलन र […]
"/> बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो – शिंजापति

बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो

  • शिंजापति न्युज
  • आइतवार, फाल्गुन १, २०७८ १९:२0:२८
बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो

नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाएको छ । त्यसै क्रममा बाजुराका सबै स्थानिय तहमा पार्टीले जनयुद्ध दिवस मनाएको छ। युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टीका जिल्लामा उपलब्ध नेता तथा कार्यक्रता र अनेरास्वबियू क्रान्तिकारीको ले संगठनको जिल्ला समन्वय कार्यालय, पेरिसडाँडामा सहितको फोटोमा माल्याअप्रण र लोकतान्त्रीक चोकमा दिप प्रजोलन र भोली नेपाल रेडक्रस सोसाईटी मार्तडीमा रक्तदान गर्ने कार्यक्रम तय गरीएको छ। कार्यक्रममा प्रदेश कमीटी सदूय महेश शाही मनोज बिक लगाएत नेताको कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालीका र त्रिबेणी नगरपालीकामा पालिका कमीटीले भब्यकार्यक्रमका माझ जनयुद्ध दिवस मनाएको छ भने जिल्ला समन्वय कार्यलयमा जिल्लामा उलब्ध कार्यक्रताले मनाएको कुरा कार्यलय सचिब गोरख बहादुर बिकले बताएका छन्।

No description available.
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रका प्रदेश कमीटी सदस्य महेक शाही ले ‘२७ औं जनयुद्ध दिवस’ अबसरमा शुभकामना मन्तब्य दिने क्रममा माओबादीको एजेन्डामा देश लम्केकोले जनयुक्तले साच्चिकै सार्थकता पाएको बताए भने कार्यक्रमा बोल्ने क्रममा प्रदेश कमीटी सदस्य मानबहादुर बिक मनोजले पार्टीले लिएको एजेन्डाले देशमा गणतन्त्र स्थापना भएको र अब समाजबादी क्रान्तीमा लाग्नु पर्ने बताए ।
प्रदेश कमीटी सदस्य शाहीले भनेः शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताए । ‘सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी (एमाले र माओवादी केन्द्र) शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।’
संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएर मात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै शाहीले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए । देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ ।

No description available.
कार्यक्रमका बक्ताहरुले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको उल्लेख गरे । लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने भन्दै उनले जनताको चाहना र राष्ट्रिय आवश्यकताको ख्याल गर्नसमेत आग्रह गरे ।

प्रदेश कमीटी सदस्य कमल कुमारी शाहले सामाजिक संजालमा भनेकी छन्।   नेपाली समाजको परिबर्तनको अभुतपुर्ब जग बनेको माओवादी जनयुद्धको २७ औं बार्षिकोत्सबको अबसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण मुक्तिकामी न्यायप्रेमी जनससमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।इतिहास निर्माणको उक्त कालखण्डमा शहादत प्राप्त गर्ने बिर शहिदहरू प्रती उच्च सम्मान सहित हार्दिक श्रदान्जली,बेपत्ता योद्धाप्रती लाल सलाम ,घाइते योद्धा सहिद तथा बेपत्ता परिवारलाइ उच्च सम्मान।साथै जनयुद्धको जगमा टेकेर नेपाल र नेपाली जनताको मुक्तिको लागि भएका परिबर्तन र बिकाशलाइ संस्थागत गर्न सबै पार्टी कार्यकर्ता तथा जनतामा २७ औं जनयुद्ध दिबसले प्रेरणा प्रदान गरोस  शुभकामना  छ।

बाजुरा इन्चार्ज कर्ण बहादु बिक केशबले सामाजिक संजालमा लेखेका छन्। २७ औं जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसुमदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति महान् जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । महान् जनयुद्धका क्रममा बेपत्ता पारिनु भएका योद्धाहरु, घाइते योद्धाहरु र उहाँहरुका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु । नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ । नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन् । २७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक/शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्दछु । अन्त्यमा, २७ औं जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित पुनः एकपटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई र शुभकामना व्यक्त गर्दछु

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली लगायत मुलुकका विभिन्न भागहरुमा प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष नेपालका माओवादी पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरेर जनयुद्ध दिवस मनाउने गरेका छन् ।
भोली अनेरास्वबियू जिल्ला संगठन बाजुराले नेपाल रेडक्रस सोसाईटीको बलट ब्याङ्कमा आवश्यक पर्ने रगत दान गर्ने कार्यक्रम रहेको कुरा अनेरास्वबियू बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन्।

प्रकाशित: आइतवार, फाल्गुन १, २०७८ १९:२0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।