निमेन्द्र शाही बाजुरा/ तत्कालीन एमालेको नेतृत्व नमानी बाजुरा जिल्लामा माधबनेपाल समुहको समानान्तर कमीटी बनाएका नेताहरुले भाद्र २१ गते जिल्ला कमीटीको बैठक बोलाएका छन्। नेकपा एमालेका उपसचिब गगन रावलको तेतृत्वमा रहेको उक्त समुहका अधिकांश नेता नेकपा एमालेको औपचारिक रुपमा विभाजन पछि एकिकृत समाजवादी पार्टीमा खुलेका छन्। तत्कालिन एमाका उपसचिव गगन रावल भने दुबै तिर खुलेका छैनन् […]
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म […]
काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि […]
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्यकक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न शाहले बताएका छन् । रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु आफ्नो कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु […]
नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेकपा एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी दल दर्ताका लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० […]
रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमाइलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे ।बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी भए ठाउँ गएर साेधेँ, ‘बाबु कहाँ जान लागेको ?’ ‘स्कुल जाँदै सर’, उनले […]
‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । जसलाई हामीले ऐतिहासिक सरसफाइ सम्मेलन […]
अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय बाजुराका ग्रामीणक्षेत्रका स्थानीयले सरसफाइका […]
बाजुरा बडिमालिका नगरपालिका- ९ की ऐना सार्कीले २१ महिनाकी छोरी बिरामी भएपछि जिल्ला अस्पताल पुर्याइन् । अस्पतालले कुपोषण भएको जनायो । ‘कामको धपेडीले छोरीलाई समयमा खाना खुवाउन पाइँदैन । आफ्नै पेट पाल्न मुस्किल छ । विचरी खान नपुगेर बिरामी परेकी रहिछ । डाक्टरले अब उपचार गराउँदा निकाे हुन्छ भनेका छन्’, उनले आशा व्यक्त गरिन् । १४ […]
२०७४ सालको स्थानीय चुनावमा बाजुराका ९ वटा स्थानीय तहमध्ये ६ मा नेपाली कांग्रेस र तीन वटामा तत्कालीन एमालेले जितेको थियो । निर्वाचनमा दुवै दलका उम्मेद्वारहरूले स्थानीय तहमा ५० शय्याको अस्पताल निर्माण, गाउँमै अनिवार्य सीपमूलक तालिम तथा रोजगारीको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क अनि जलविद्युत् आयोजनाले गाउँ नै झिलीमिली पार्नेसम्मका बाचा गरेका थिए । तर, आधाभन्दा […]