‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । जसलाई हामीले ऐतिहासिक सरसफाइ सम्मेलन […]
"/> पूर्ण सरसफाइ कार्यक्रम अलपत्र – शिंजापति

पूर्ण सरसफाइ कार्यक्रम अलपत्र

  • शिंजापति न्युज
  • बुधबार, भदौ ९, २०७८ ११:२२:४२
पूर्ण सरसफाइ कार्यक्रम अलपत्र

‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो ।

‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । जसलाई हामीले ऐतिहासिक सरसफाइ सम्मेलन भनेका थियौँ,’ बाजुराको पूर्ण सरसफाइ रणनितिक योजाना निर्माण गर्ने कार्यदलका सदस्य शेरबहादुर शाहीले स्मरण गरे, ‘सोे कार्यक्रम बाजुरालाई देशकै  १६औँ खुला दिसामुक्त घोषणको कार्यक्रम थियो । जसमा पूर्ण सरसफाइका लागि गरेका १४ वटा प्रतिबद्धता अहिले कुनै पूरा भएका छैनन् ।’

खुला दिसामुक्त घोषणा गर्ने दिनसम्म जिल्लामा सरसफाइको अवस्था ८५ प्रतिशतभन्दा बढी रहेको थियो । अहिले जिल्लामा त्यसको प्रतिवेदन खोजे कसैसँग पनि भेटिँदैन ।

स्थानीय तहका केही वडामा मात्र कार्यक्रम सञ्चालनमा रहेका छन् भने जिल्ला समन्वय समितिलाई कुनै पनि संथाले विवरण उपलब्ध गराएको पाइएको छैन । स्थानीय निर्वाचन पहिले बाजुरामा पनि सरसफाइ योजना तीव्र गतिमा सञ्चालन भइरहेको थियो ।

‘जिल्ला सरसफाइ स्वच्छता समितिको सदस्य सचिव रहने खानेपानी कार्यालयका जिल्लामा फिल्ड अफिस मात्र छ । अहिले नयाँ निर्वाचित जनप्रतिनिधिलाई सरसफाइको अवस्थाबारे जानकारी दिने कतैबाट पहल भएको छैन । जसकारण सरसफाइको कार्यक्रम कार्यान्वयन हुन नसकेको हो,’ गैरसरकारी महासंघ बाजुराका अध्यक्ष अग्निराज शाहीले भने ।

पुराना नीति नयाँले अनुसरण नगर्ने नयाँ नीति बनाउन समय लाग्ने भएका कारण विगतमा सकारात्मक कामका लागि बनेका रणनीति कार्यान्वयन हुन नसेकेका गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष निरबहादुर शाहीले बताए।

सदरमुकामको बडिमालिका नगरपालिकामा बनेको ढलमा शौचालयका पाइप छोड्दा दुर्गन्ध फैलिरहेको छ । तत्कालीन जिल्ला विकास समितिले बनाएको खुला मञ्च र तुफानडाँडाको सार्वजनिक शौचालय अहिलेसम्म प्रयोगमा आएका छैनन् । त्यस्तै, बूढीनन्दा नगरपालिकाको शिव पार्कको शौचालय पनि प्रयोगविहीन अवस्थामा छ ।

प्रकाशित: बुधबार, भदौ ९, २०७८ ११:२२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।