समाचार

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् । ‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
महाकाली तटमा वीरताका तीन गन्तव्य

महाकाली तटमा वीरताका तीन गन्तव्य

सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । बैतडीको बस्कोटमा दशरथ चन्दको जन्मघर […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

अक्सर पर्यटककाे राेजाइमा पर्ने जिल्ला हाे बाजुरा । प्राकृतिक साैन्दर्यले सजिएकाे बाजुरामा खप्तड, बडिमालिका, बुढीनन्दा, पादुका, शाहीमाडौंजस्ता धार्मिक पर्यटकीयस्थल छन् । खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ । तर, बनेका पुलहरू भने प्रयाेग हुन छाडेका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेर वितरण गरिरहेको छ । तर, विकट दार्चुलाबाट कैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारण लाइन बनाएर विद्युत वितरण गरिँदै आएपनि दार्चुलाको चौलानी किनाराको बस्ती भने अँध्यारोमै छ ।  दुर्गमबाट उत्पादन हुने विद्युतका लागि चौलानी किनाराको बस्ती टाढा भएको छ । ‘चौलानी नदीबाट उत्पादन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् । बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
लालाबाला च्यापेर लेकतिर

लालाबाला च्यापेर लेकतिर

हिमाली भेगमा हिउँद यामको चिसो केही घटेको छ । हिमपात हुनुअगावै भेडापालक किसान आफ्ना लालाबालासहित ‍औलतिर लागेका थिए । अहिले उनीहरू केही समय छोडेको हिमाली बस्तीतिर लागेका छन् । हिउँदमा न्यानो खोजी गर्दै औलतिर भेडाच्याङ्ग्रासहित बसाईं सरेकाहरू गर्मी बढेको महसुस गर्दै ‘लेक’ फर्कीएका हुन् । बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड, अछामको साँफे बगरलगायतका ठाउँमा बाक्लो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

बझाङको खप्तड छान्ना गाउँपालिका– ५, मतुवाका भरतबहादुर सिंहको १ वैशाखमा मृत्यु भयो । पोस्टमार्टम गरी सदरमुकाम चैनपुरबाट फर्काउँदा उनकाे शव एमालेकाे झण्डाले छाेपिएकाे थियाे । ‘पार्टीलाई योगदान गरेको अभिभावकका रूपमा दलले सम्मान गरेकाे हाे । बुबाको शव जलाइसकेपछि मसानघाटमा झण्डा टाँगेर फर्कियौँ’, छोरा विजयकुमार सिंहले भने । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का बिर्जबहादुर बमको पनि कोल्टीमा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्यान्न सकिएपछि बाजुरा सदरमुकाम मार्तडीको खाद्य संस्थान यो वर्षका लागि बन्द हुने भएको छ । उत्पादन घटेपछि यसपालि जिल्लाका अधिकांश किसानले चामल किनेर खानुपरेको थियो । चामलसहितका खाद्यान्न सकिएर खाद्य संस्थान २०६० सालयता कहिल्यै बन्द भएको थिएन । सस्तोमा चामल दिने संस्थान बन्द भएपछि उपभोक्ताहरू व्यापारीकहाँ चर्को मूल्य तिरेर चामल किन्न बाध्य भएका छन् । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
ओडारमा स्वाब संकलन

ओडारमा स्वाब संकलन

बाजुराकाे हिमाली गाउँपालिका– ४, कवाडीमा काेराेनाकाे लक्षण भएका स्थानीयवासीलाई ओडारमा लगेर स्वाब लिन थालिएकाे छ । परीक्षणका लागि उपयुक्त ठाउँ नपाइएकाले खोलानजिकैको ओडारमा लगेर स्थानीयवासीकाे स्वाब संकलन गर्न थालिएकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कवाडीमा स्वास्थ्य संस्था नजिक छैनन् । कसैकाे घर प्रयाेग गरी स्वाब संकलन गराैँ न त भन्दा पनि पाइँदैन । त्यसैले ओडारमा लगेर स्वाब लिएका हाैँ’, जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक जगत शाहीले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो

चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो

बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु समय छानामाथिसम्मै धुवाँ आउने घरहरूमा अहिले त्यो देखिन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि