नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म […]
काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि […]
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्यकक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न शाहले बताएका छन् । रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु आफ्नो कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु […]
नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेकपा एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी दल दर्ताका लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० […]
‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । जसलाई हामीले ऐतिहासिक सरसफाइ सम्मेलन […]
२०७४ सालको स्थानीय चुनावमा बाजुराका ९ वटा स्थानीय तहमध्ये ६ मा नेपाली कांग्रेस र तीन वटामा तत्कालीन एमालेले जितेको थियो । निर्वाचनमा दुवै दलका उम्मेद्वारहरूले स्थानीय तहमा ५० शय्याको अस्पताल निर्माण, गाउँमै अनिवार्य सीपमूलक तालिम तथा रोजगारीको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क अनि जलविद्युत् आयोजनाले गाउँ नै झिलीमिली पार्नेसम्मका बाचा गरेका थिए । तर, आधाभन्दा […]
नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन […]
रेवतीप्रसाद भुसाल नेपाली कांग्रेसका कार्यकर्तामा दुइटा विषयमा केही दुविधा छ। २०१२ सालदेखि कांग्रेसले समाजवादलाई आर्थिक सिद्धान्त बनायो। २०३३ सालदेखि राष्ट्रिय एकता र मेलमिलापको नीति अँगाल्यो। यी दुवै सिद्धान्त र नीतिको व्याख्याता बीपी कोइराला हो। बीपी जीवित रहुन्जेल यिनको बारेमा केही प्रश्न उठ्यो वा संसय भयो भने उहाँसँग भेटेपछि समाजवाद र मेलमिलापबारे आफ्नो विचार र तर्क […]
श्रीकृष्ण अधिकारी ‘विवेक’ ‘बौद्ध भिक्षु रहुन्जेल घण्टी बजाइरहनु पर्छ’ भन्ने यान्त्रित मान्यतामा आधारित छ एमाले दोस्रो तहका नेताहरूले बुझ्ने एमाले नाम, सूर्य चिन्ह र बहुदलीय जनवाद । क. मदन भण्डारीले पुँजीवादी जनवादी क्रान्तिको राजतन्त्रको एउटा निश्चित समयमा ल्याएको तात्कालीन सामान्य कार्यनीतिक नारा हो ‘बहुदलीय जनवाद’ । आज राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएर […]
सन् १९६७ को मार्च २३ देखि उनकै नेतृत्त्वमा बोलिभियामा छापामार युद्ध शुरु भयो । बोलिभियाली शासकहरु आत्तिए । चेलाई पक्रन ठूलो सैनिक अभियान सञ्चालन गरियो । आखिर १९६७ को अक्टोबर ८ मा उनी पक्राउ परे र पक्रेको भोलिपल्टै हत्या गरियो । प्रमेश पोखरेल चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र […]
भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […]
काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक […]