बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ बाहुनीको प्याज सदरमुकाम मार्तडी पुगेको छ ।पहिलो पटक ठूलो परिमाणमा प्याज रोपेका स्थानीयलले भण्डार गर्ने ठाउँ नभएर कुहिन थालेपछि विद्यालयको भवनमा राखेका थिए । सदरमुकाम मार्तडीसम्म खच्चरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएपछि स्थानीय किसानलाई राहत मिलेको छ । ‘बाढी पहिरोका कारण सडक क्षत्‌विक्षत् भएकाले खच्चडबाट पनि मुस्किलले ढुवानी गर्नुपरेको छ । […]
"/> बजार पुग्यो बाहुनीको प्याज – शिंजापति

बजार पुग्यो बाहुनीको प्याज

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १0:४0:४१
बजार पुग्यो बाहुनीको प्याज

‘बाढी पहिरोका कारण सडक क्षत्‌विक्षत् भएकाले खच्चडबाट पनि मुस्किलले ढुवानी गर्नुपरेको छ । किसानहरूको मेहनत खेर नजाओस् भनेर रातदिन नभनी यही काममा लागेका छौँ,’ ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले भने । बाहुनीको १२ हेक्टर क्षेत्रफलमा लगाइएको प्याज १२ मेक्ट्रिकटन उत्पादन भएको थियो ।

शनिबारदेखि प्याजको ढुवानी सुरु भएको छ । पहिलो पटक १२ क्विन्टल प्याज सदरमुकाम मार्तडी ल्याइएको छ । कृषि ज्ञान केन्द्र बाजुराले प्रतिकेजी २० र स्वामीकार्तिक खापर गाउँपालिकाले प्रतिकेजी १५ गरी ३५ रूपैयाँ  ढुवानी खर्च दिने भएका छन् । किसानको प्याज मार्तडीमा प्रतिकेजी ५० रुपैयाँमा बिक्री गरिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए ।

बाढी र पहिरोका कारण मार्तडी कोल्टी सडक र कर्णाली करिडोर अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको छ । मार्तडी कोल्टी सडक धेरै ठाउँमा सामान्य पहिरोका कारण अवरूद्ध भएको छ । त्यहाँ काम गर्ने ठेकेदारले सामान्य बाटो बनाइदिएको भए ढुवानीमा सहज हुने स्थानीयको भनाइ छ ।

स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ टिप्ने समय भएको छ । सडककै कारण स्याउ पनि ढुवानी तथा बजारीकरण गर्न समस्या हुने कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जोशीले बताए । अबको एक हप्तामा स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा लगाएको स्याउ टिप्न सुरु गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । त्यसबेलासम्म सडक बनाउने जिम्मा पाएको कम्पनीले मार्तडी–कोल्टी सडक बनाइदिए खच्चडबाटै ढुवानी गर्न पनि सहज हुने सिजापती बताउँछन् ।

प्याजले बजार पाएपछि बाहुनीवासीले खुसी व्यक्त गरेका छन् । करिब एक महिनासम्म प्याजले बजार नपाउँदा चिन्तित बनेका किसानको मुहारमा खुसी देखिन थालेको छ ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १0:४0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।