निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]
"/> बाजुरामा पुनः मतगणना शुरु – शिंजापति

बाजुरामा पुनः मतगणना शुरु

  • शिंजापति न्युज
  • शुक्रबार, मंसिर १६, २०७९ १६:४८:३५
बाजुरामा पुनः मतगणना शुरु

निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा भने मुचुल्का भन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । नेकपा एमालेले बिरोध जनाएको थियो ।
प्रदेश सभा ख प्रदेशको मतगणनामा बुढिगंगा ३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको पाइएपछि विवाद भएको थियो । सहमति पछि पुन मतगणना शुरु गरिएको हो ।
संघमा बद्री पाण्डेको अग्रता कायमै

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । अहिले सम्म मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कणर् थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।
प्रदेश क मा समाजबादी ख मा एमालेको अग्रता

प्रदेश कमा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले १३ सय ६० मतको अग्रता रहेको छ । ६ हजार ६ सय २७ मतगणना हुदा शाहीले ३७ सय ४३ मत र रेग्मिीको २३ सय ८३ रहेका छ ।माओवादी केन्द्रका कणर् बहादुर बिकले ३ सय २५ ल्याएका छन् । १ सय ७६ मत बदर रहेको छ ।
प्रदेश ख मा भने नेकपा एमालेको अग्रता रहेको छ । नेकपा एमालेका उम्मेदवार लाल ब.थापाले -३४४५ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीको -२५५४ मत रहेको छ ।
६ हजार ९५ मतगणना भइसकेको छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले ९ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-३ मत प्राप्त गरेका छन । ८४ मत बदर भएका छन् ।

प्रकाशित: शुक्रबार, मंसिर १६, २०७९ १६:४८:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।