निमेन्द्र शाही बाजुरा/ तत्कालीन एमालेको नेतृत्व नमानी बाजुरा जिल्लामा माधबनेपाल समुहको समानान्तर कमीटी बनाएका नेताहरुले भाद्र २१ गते जिल्ला कमीटीको बैठक बोलाएका छन्। नेकपा एमालेका उपसचिब गगन रावलको तेतृत्वमा रहेको उक्त समुहका अधिकांश नेता नेकपा एमालेको औपचारिक रुपमा विभाजन पछि एकिकृत समाजवादी पार्टीमा खुलेका छन्। तत्कालिन एमाका उपसचिव गगन रावल भने दुबै तिर खुलेका छैनन् […]
"/>निमेन्द्र शाही बाजुरा/ तत्कालीन एमालेको नेतृत्व नमानी बाजुरा जिल्लामा माधबनेपाल समुहको समानान्तर कमीटी बनाएका नेताहरुले भाद्र २१ गते जिल्ला कमीटीको बैठक बोलाएका छन्। नेकपा एमालेका उपसचिब गगन रावलको तेतृत्वमा रहेको उक्त समुहका अधिकांश नेता नेकपा एमालेको औपचारिक रुपमा विभाजन पछि एकिकृत समाजवादी पार्टीमा खुलेका छन्।
तत्कालिन एमाका उपसचिव गगन रावल भने दुबै तिर खुलेका छैनन् तर उनि समानान्तर कमीटीका अध्यक्ष हुन्। उनको कमीटीमा रहेका सचिब पुर रावत र उपसचिब निर शाही प्रष्टरुपमा नयाँ दलमा सामील भएर गतिबिधी संचालन गरीरहेका छन्। समानान्तर कमीटीका सचिब पुर रावतलाई तापाईको पार्टीको जिल्ला कमीटीमा को को बाँकी रहनु भयो भन्ने प्रश्नमा रावतले भनेः‘हाम्रो समानान्तर कमीटीनै समाजबादीको जिल्ला कमीटीमा परीणत हुन्छ। पुरानो एमालेबाट हामीको जिल्ल कमीटी बाट हामी १६ जना छौं जसको नेतृत्व गगन रावलले गर्नु हुन्छ।’
समानान्तर कमीटीका अध्यक्ष रावलले भनेः‘हामीले २१ गते निणर्य गछौं,पुरानै पार्टीमा रहने वा नयाँ पार्टीकोरुपमा यही कमीटीलाई घोषण गर्ने, अहिले सम्म हामीले यो कमीटीलाई रुपान्तण गरेका छैनौं।’
बाजुरामा खासगरी एमालेको राजनिति मा हिक्मत शाही पछिको जिल्लाको अवस्था त्रिखुटीको अदान जस्तो थियो पहिलो शक्तिकारुपमा कणर्बहादुर थापाको टीम दोस्रो शक्तिका रुपम लालबहादुर थापा र तेस्रो शक्तिकारुपमा प्रकाश शाहा हुन्। प्रकाश यि तिनै नेता एमालेमै रहे पनि प्रकाश शाहको दोस्रो पुस्ता भने उनको साथ छोड्ने निश्चित भएको छ।
कार्यक्रताको पुरै पन्तीले शाहालाई छोड्ने भएपछि एमालेमा उनको अरु नेता जस्तो फरक टिमको दबदबा भने नहुँने निश्चित भएको छ। अहिलेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मण्डलबाट उनि मात्र एमालेमा गए पछि एक्लीएका छन्।
बाजुरामा शाहको साथमा रहेका अहिले सम्म समानान्तर कमीटी रहेको बाजुराको टिममा गगन रावल, पुर रावत, चिरञ्जिबी शाही, निर शाही, शेरबहादुर शाही, भरत थापा, रुपमेणी शाही, सिता बराल, कल्पना महत धर्म जोशी, धर्म शाही लगाएत दोस्रो तहका नेताहरुको ठुलो जमात रहेको छ।
प्रकाश शाह एमालेमै रहने भए पछि समाजबादीको जिल्लाको ईन्चार्जको नेतृत्व नरेश शाही वा हिक्मत शाहीले गर्ने पक्का देखीएको छ। तर बाजुराको एमालेलाई यो उचाईमा पुगाएको दाबी गर्ने हिक्मत शाही पनि नयाँ पार्टीमा आउँने हुँन भने जिल्लामा नयाँ खालको अवस्था सृजना हुँने पक्का छ। सचिब रावतले शाही समाजबादीमा रहने बताए।