निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुरामा रहेका नेताहरु आफ्नो समुहको छलफलमा जुटेका छन्। खास गरी देउवा टीमको पकड रहेको यस जिल्लामा कोईराला र सीटौला प्यानल पनि सोचे जती कमजोर छैन्। कोईराला प्यानल टेउवा टीमको प्रतिसप्रदीका रुपमा रहेको छ भने सीटौला प्यानल जिल्लाका लागि निणर्ायक हुँने देखीएको छ। काँग्रेसको छैटौ अधिबेशनमा […]
"/> काँग्रेसको अधिबेशनमा कसले मार्ला बाजी – शिंजापति

काँग्रेसको अधिबेशनमा कसले मार्ला बाजी

  • शिंजापति न्युज
  • आइतवार, भदौ २७, २०७८ १0:४८:३९
काँग्रेसको अधिबेशनमा कसले मार्ला बाजी

निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुरामा रहेका नेताहरु आफ्नो समुहको छलफलमा जुटेका छन्। खास गरी देउवा टीमको पकड रहेको यस जिल्लामा कोईराला र सीटौला प्यानल पनि सोचे जती कमजोर छैन्। कोईराला प्यानल टेउवा टीमको प्रतिसप्रदीका रुपमा रहेको छ भने सीटौला प्यानल जिल्लाका लागि निणर्ायक हुँने देखीएको छ।
काँग्रेसको छैटौ अधिबेशनमा बाजुरा मा सीटौला र देउवा टीम मिलेर चुनाब लडेका थिए। त्यसमा देउवा टिमले ठुलो संख्यामा पदाधिकारी हात पारेको थियो तर यस निर्वाचनमा कसले आफ्नो कोडमा बल पुगाउँन सक्छ भन्ने सहजै अनुमान गर्न सकीने अवस्था छैन। ठुला नेता बाहेक अरु कार्याक्रता यही टीम हो भनेर प्रचारमा आएका देखीदैनन्।
७ औँ जिल्ला अधिवेसन नजिकीदै गर्दा बाजुराका ६९ वटाडा मध्य सहमतीका आधारमा ४० वडामा निबिरोध सभापती घोषण भएका छन्। अदस्यता बिबाद भने आजको मितिमा पनि काँग्रेसले टुङ्गयाएको छैन। तर नयाँ तालिका अनुसार असोज पाँच गते वडा अधिबेशन, नौ गते स्थानिय तहको अधिबेशन, १२ गते निर्वाचन क्षेत्रको अधिबेशन र १६ गते जिल्लाको अधिबेशनको मिति तय भएको छ।
बाजुरामा अहिले तिन हजार २३ कृयासिल सदस्य छन् भने त्यसको दोब्बर छ हजार ४६ नयाँ कृयासील थपीने कुरा पार्टी सभापती कबिराज पण्डितले बताएका छन्।
पण्डितले आफ्नो उम्मेद्धारी घोषणा गर्दै भनेः‘मैले नेतृत्व लिई सके पछि जिल्लाका छ स्थानिय तहको निर्वाचनमा पार्टिक उम्मेद्धारलाई बिजय गराउँन सफ भएको र जिल्लाका बिकास निर्माण र पार्टीका गतिबिधी तिब्र गतीमा अगाडी बढाएकोले पर्टीका प्रतिनिधी र नेताहरु सबैले सहमतीको सभापती बन्नु प्रने बताउनु भएको छ।’
तर उनको छैटौ अधिबेशनका अन्तिम प्रतिशप्रदी रामसिंह रावल पनी निर्वाचनको कडा तयारीमा लागेका छन् भने पुर्ब संबिधान सभा सदस्य महाँ नेपालीले समेत उमेद्धारी रहने घोषणा गरी सकेका छन्। जिल्लाको नेतृत्व दोस्रो पुस्तामा आउँनु पर्ने मा दोस्रो पुस्ताका नेताहरुको पनि तयारी देखीन्छ।
यस अगाडीका महाँधिबेश प्रतिनिधी चक्रबहादुर शाह पनि सहतीको उम्मेद्धारीको रुपमा आफुलाई छलफलमा अगाडी बढाएको बताउँछन्।

खास गरी जिल्लाको नेताहरुको तयारी हेर्दा देउवा टिमको नेतृत्व पुर्ब प्रतिनिध सभा सदस्य देबराज जोशीले गरेका छन् उनको टिममा संबिधान सभा सदस्य महाँ नेपाली, महाँदिबेशन प्रतिनिध पदम शाही, बुढीगंगा नगरपालिकाका मेयर दिपक शाह, बर्तमान सभापती कबिराज पण्डित,खप्तड छेडदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत, पुर्ब सचिब धनराज पण्डित बर्तमान सह सचिब रनसिंह अयडी, राधिका सिंह, बिद्या तिमिलसेना, र सिब बोहरा लगाएत नेताहरु छन्।

No description available.
त्यस्तै रामचन्द्र समुहको नेतृत्व हालका केन्द्रीय सदस्य बद्री पाण्डेले गरीरहेका छन् उनको टीममा पनि त्रिबेणी नगरपालिकाका मेयर रामसिंह रावल, बडिमालिका नगरपालिकाका मेयर पदमबहादुर बडुवाल,हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल, पुर्ब क्षेत्रपाल देबबहादुर रोकाया, तिलक पुरी,नरबहादुर शाही राधिका सुनार दिपा बोहरा लगाएत नेताहरु छन्।

No description available.
यस जिल्लाको तेस्रो सक्तीमा रहेको सिटौला टिमको नेतृत्व पुर्ब भुमिसुधार राज्य मन्त्री जनकराज गिरीले गरेका छन् । जसमा बुढीनन्दा नगरपालिका मेयर पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकाया,महाँधिबेशन प्रतिनिधी जुना दानी हालका कोषअध्यक्ष नारायण उपाध्याय, भरत रोकाया र दिने शाही लगाएत नेताहरु छन्।

No description available.
जिल्लामा यस अगाडी गुटमा खुले लामो समय नेतृत्व समालेका मानबहादुर रावल र महाँधिबेशन प्रतिनिधी चक्र शाह अहिले कुनै समुहमा खुलेर लागेका देखीदैन्।

No description available.
बाजुरा जिल्लाको काग्रेको राजनितिमा जनगराज गिरी र देबराज जोशीले गरेको निणर्यमा पार्टी अगाडी बढेको इतिहास छ। तर यस अधिबेशनमा पनि जनराज गिरीको टिमको सहयोग कसलाई हुँनु भन्नेले अर्थ राख्ने देखीएको छ।

प्रकाशित: आइतवार, भदौ २७, २०७८ १0:४८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।