निमेन्द्र शाही /नेपाली काँग्रेस बाजुराको मंगलबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनको मतदानबाट सभापतीका तिन जना उम्मेद्धार कसैले पनि ५१ प्रतिशत मत ल्याउँन नसके पछि पहिलो निर्वाचनमा पदाधिकारी मात्र निर्वाचित भएका छन्। काँग्रेसको सभापति पहिलो चरणमा कोही बनाउँन नसके पछि दोस्रो चरणको मदान गरी सभापति रोज्नु परेको हो । केन्द्रीय राजनितिको चर्चित पात्रकारुपमा रहेका बद्रीप्रशाद पाण्डे […]
"/>निमेन्द्र शाही /नेपाली काँग्रेस बाजुराको मंगलबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनको मतदानबाट सभापतीका तिन जना उम्मेद्धार कसैले पनि ५१ प्रतिशत मत ल्याउँन नसके पछि पहिलो निर्वाचनमा पदाधिकारी मात्र निर्वाचित भएका छन्। काँग्रेसको सभापति पहिलो चरणमा कोही बनाउँन नसके पछि दोस्रो चरणको मदान गरी सभापति रोज्नु परेको हो ।
केन्द्रीय राजनितिको चर्चित पात्रकारुपमा रहेका बद्रीप्रशाद पाण्डे यस अगाडी जिल्लामा त्यति प्रभावकारी रुपमा देखीएका थिएनन्। तर यस चुनाबमा भने देवा पक्षका देबराज जोशी र रामचन्द्र प्यानलका टिम लिडर मानिनै यी दुई जनाको आफ्नो टिमको अस्थित्वको अन्तीम दैडमा छन्। सीटौला प्यानलका लिडर मानिने जनक गिरी हरेक अधिबेशनमा आफ्ना केही उम्मेद्धार ब्यवस्थापन संगै निणर्ायक बन्ने गरेका छन्। तर यस बर्ष सभापति कसले जित्नेहो भन्ने कुरा पहिलो निर्वाचनमा बाहिरीएका चक्र शाहाको हातमा पुगेको छ। शाहाले जसलाई सहयोग गर्यो उसैले बाजी मार्ने पक्का छ।
देबराज जोशीले उच्याएका सभापतीका उम्मेद्धार कबिराज पण्डीत र बद्रीप्रशाद पाण्डे र जनक गिरीका साझा उम्मेद्धार रामसिं रावल बिच पुन मतदान हुने भएको छ । दोस्रो मतदान आज दिउसो १ बजे देखी सुरू हुने भएको नेपाली काँग्रेस निर्बाचन समितिले जनाएको छ । जिल्लामा जम्मा १ हजार २ सय १२ मत मध्य १ हजार २ सय ५ मत खसेको पहिलो चुनावको मतगणना सकिएको छ।
अन्तिम मत परिणाम अनुसार सभापतीका उम्मेद्धार कबिराज पण्डितको ४ सय ८९ रामसिहं रावलको ४ सय ७४ रहेको छ भने स्वतन्त्र उम्मेद्धार चक्र शाहको १ सय ५२ मत प्रप्त गरेका छन् । ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ ।
लामो समय देखी देउवा पक्षको हातमा रहेको बाजुराको काँग्रेसको नेतृत्वमा पदाधिकारी सह सचिब एक जना बाहेक सबै रामचन्द्र सिटौला पक्षले जितेको छ। देवराज जोशीको हातमा रहेको यस अगाडीको नेपाली काँग्रेसको राजनितिक चाबी पहिलो चरणमा उप सभापति दुई, सचिब दुई र एक जना सह सचिब गुमाउँनु परेको छ भने एक जना मात्र सह सचिब हात पारेका छन्।