निमेन्द्र शाही /बडीमालिका नगरपालिकाको दशौं नगरसभामा भएका निणर्यहरु सार्वजनिक गरेको छ । बडीमालिका नगरपािलकाको दशौं नगर सभाबाट भएका निणर्हरु विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पाँच गैरबका योजनाहरु हेर्दा दिर्घकालीन र निर्वाचन केन्द्रत योजना हुन की भन्नेमा प्रश्न खडा भएको छ। बडीमालिका नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाको नवौं नगर सभापछि विभिन्न मितिका […]
"/> कार्यकालको अन्तिममा पांच गौरवका योजना – शिंजापति

कार्यकालको अन्तिममा पांच गौरवका योजना

  • शिंजापति न्युज
  • आइतवार, माघ २, २०७८ १४:५८:१३
कार्यकालको अन्तिममा पांच  गौरवका योजना

निमेन्द्र शाही /बडीमालिका नगरपालिकाको दशौं नगरसभामा भएका निणर्यहरु सार्वजनिक गरेको छ । बडीमालिका नगरपािलकाको दशौं नगर सभाबाट भएका निणर्हरु विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पाँच गैरबका योजनाहरु हेर्दा दिर्घकालीन र निर्वाचन केन्द्रत योजना हुन की भन्नेमा प्रश्न खडा भएको छ।
बडीमालिका नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाको नवौं नगर सभापछि विभिन्न मितिका कार्यपालिका बैठकबाट स्वीकृत भएका कार्यविधि अनुमोदन गरेको छ ।
नगर सभाले स्थानीय स्वास्थ्य विधेक, स्थानीय पूर्वाधार विकास तथा व्यवस्थापन, स्थानीय तथ्याङ्क तथा अधिलेख व्यवस्थापन, स्थानीय बजार व्यवस्थापन, स्थानीय वन, बडीमालिका नगरपालिकाको फोहर मैला व्यवस्थापन, स्थानीय संस्था दर्ता, सार्वजनिक खरिद निमावली, सार्वजनिक नीजि साझेदारी सम्बन्धी, स्थानीय खानेपानी स्वच्छता तथा सरसफाई लागायतका कार्यपालिकाबाट स्वीकृत विधेयकहरु सभाबाट सर्बसम्मत पारित गरिएको बडीमालिका नगरपालिकाका नगर-प्रमुख पदम बडुवालले बताएका छन् ।

May be an image of 5 people, people standing and indoor
विरेखोला झरना संरक्षण तथा ब्यवस्थापन कार्यविधि, लैङ्गिक हिंसा बिवरण कोष त्था ब्यवस्थापन मापदण्ड संशोधन, बडीमालिका नगरपालिका बालक्लव तथा सञ्चालन गठन तथा व्यवस्थापनसहित ४ कार्यविधि र १० विधेक पारित गरिएको छ ।
नगर सभाले आय तर्फ कुल चार करोड ५५ लाख ६० हजार ७८२ मध्ये हालसम्म २३ करोड ९२ लाख ८३ हजार २७६ आम्दानी भएको पत्रकार सम्मेलनमा सार्वजनिक भएको छ । विभिन्न शिर्षकमा उक्त रकम उठेको हो ।
यस्तै नगरपालिकाको कुल चालुतर्फको ३० करोड ८८ लाख ७७ हजार ८२ मध्ये आठ करोड २६ लाख १९ हजार ७९५ हालसम्मको यथार्थ खर्च भएको छ । भने पुजीतर्फको १७ करोड ६७ लाख ३० हजार मध्ये एक करोड २९ लाख ६ हजार ३८ खर्च भएको सार्वजनिक गरिएको छ ।
त्यस्तै नेरा मावि जडाङ्गाले पेश गरेको कक्षा-११ सञ्चालन अनुमती निवेदन अनुसार कक्षा-११ सञ्चालनका लागि बडीमालिका नगरपालिका शिक्षा नियमावली २०७४ को नियम ११ बमोजिम अनुमति प्रदान गर्ने निणर्य गरिएको उनले बताएका छन् ।
सडक, शिक्षा, स्वास्थ्य, स्वरोजागरी र सूचना प्रविधि को प्राथमिकता अनुसार सबै वडामा पुर्याउने अन्तरगत वडा नंं.५ बाहेक सबै वडा केन्द्रसम्म सडक पुर्याउन सफल भएको र उक्त वडामा आर्थिक वर्षमा सडक पहुँचमा पुर्याउन संघीय प्रदेश सरकार र विकास साझेदार वा नगरपालिकाको आम्दानीबाट निर्माण गर्न नगरपालिकाकालाई निर्देशन दिने उपप्रमुख कविता विष्टले बताएकी छन् ।
दशौं नगर सभाबाट पाँच वटा गौरवका योजना समेत अघि सारेको छ । पत्रकार सम्मेलनमा नगर सभाले पारित गरेको बुढाकोर्ध फुल चढाउने केवलकार आयोजना, बुढीगंगा नदी नियन्त्रण तथा जिवीकोपार्जन परियोजना नगरस्तरिय खेलकुद पुर्वाधार विकास आयोजना अघि सारेको नगर उप-प्रमुख विष्टले सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक गरेको गौरव योजनामा बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमुना शहर विकास आयोजना र बडीमालिका औधोगिक क्षेत्र विकास परियोजना नगर सभाले पारित गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।त्यसैगरी नगरपालिकाले पाँच वर्ष पुरा हुँदै गर्दा पाँच वर्षका उपलव्धी समेटेर ‘विकासको पाँच वर्षे यात्रा’ नामक भिडियो डकुमेन्ट्री समेत बनाउने भएको छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएकोे कार्यक्रममा उपप्रमख कविता विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, बडीमालिका-८ का वडा अध्यक्ष प्रकाश रावल, नगरपालिकाका सूचना अधिकारी पुष्पराज भट्ट, प्रशासन शाखाका कर्मचारी विरवहादुर विष्ट लगायत जिल्ला स्थित विभिन्न संचार माध्ययममा कार्यरत पत्रकारहरुको सम्मेलनमा सहभागी रहेको थियो ।

प्रकाशित: आइतवार, माघ २, २०७८ १४:५८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।