पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]
"/>जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । त्यसैले पाँच वर्षअघिकाे साेही प्रतिवेदनकाे निचाेडअनुसार विज्ञहरूले सतर्कता अपनाउनुपर्नेमा जाेड दिएका छन् । ‘जिल्लाको कुल क्षेत्रफलमध्ये १ सय ९१ वर्ग किलोमिटर मात्रै बस्ती बस्न सुरक्षित देखिन्छ । प्रारम्भिक अध्ययनअनुसार १९ स्थान मात्रै बस्तीका लागि याेग्य छन्’, पाँच वर्षअघि प्रतिवेदन तयार गर्ने समूहका सदस्य प्रेम दंगालले भने ।
यहाँका २४ हजार ८ सय ८८ घरमध्ये हाल ५ हजार २९ मात्रै सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ । ९० वर्गकिलोमिटर क्षेत्रफल पहिरो प्रभावित छ । यो प्रतिवेदन हेर्ने हो भने बाजुराको जमिन बस्तीका लागि सुरक्षित छैन । यद्यपि, यहाँका जनता हरेक वर्ष पहिरोबाट जाेगिएकाे तर जाेखिम कायमै रहेका ठाउँमा घर बनाएर बसिनै रहेका छन् ।
वर्षात्मा जहिल्यै जरजर
बाजुराका ९५ गाउँ उच्च जोखिममा रहेको सूची जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको छ । समिति बैठकमा गैमुल गाउँपालिका र हिमाली गाउँपालिकाका अध्यक्षले मिल्ने भए आफ्ना गाउँपालिकाको बस्ती अर्को ठाउँमा सार्न जरुरी रहेको बताएका छन् ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा पुन: निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको चलानी नम्बर ६६९ को पत्रमा ‘जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकास गर्नुपर्ने स्थानहरूको विवरण उपलब्ध गराउनू’ भनी आएको निर्देशनअनुसार जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर समितिले विपद् जोखिममा रहेका बस्तीको सूची तयार पारी केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
जिल्लाका अधिकांश गाउँ पहिरोका कारण थिलथिलाे बनेका छन् । पूर्वोत्तर क्षेत्रका गाउँहरू खडेरीका कारण सार्नुपर्ने, हिमाली र गौमुल गाउँपालिकाका बस्तीहरू छरिएर रहेकाले विकास गर्न कठिन भएकाले एकीकृत बस्तीको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी बरालकाे भनाइ छ ।
बाजुराका धेरै गाउँ उच्च जोखिममा रहेको तथ्याङक केन्द्रमा पठाइएको छ । त्रिवेणी नगरपालिकाका बस्तीहरू बढी जाेखिममा छन् । यसैगरी, जाेखिम सूचीकाे दोस्रोमा बडिमालिका नगरपालिका छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लाभर जाेखिममा रहेका विभिन्न बस्तीको पहिचान गरी स्थानान्तरण गर्नुपर्ने निर्णयसमेत गरेकाे छ ।
बुढीगंगा नगरपालिका-१ काे कुडी, २ को बल्दे र नडाङ, ३ को गड्तोला, ४ को साउवाडा र खोडालवाडा ५ को कोटवाडा, वडा नम्बर ६ को फालासैन उच्च जाेखिममा छन् । यस्तै त्रिवेणी नगरपालिकामा सबैभन्दा बढी बस्ती जाेखिममा छन्, जसमा वडा नम्बर ८ को पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरिवाडा, नेपालीटोल, ९ को ताम्सु र नुवाकोट, ६ को गैरा र पन्धारा गाउँ, फल्नेतोला बस्तीलाई व्यवस्थापन गर्न वडा नम्बर १ को विशाल बजार र सल्लेरी, ५ को किम्नीको ढोड क्षेत्र र वडा नम्बर ४ को पीपलसैन, राउतेला छन् ।
छेडदह गाउँपालिका-१ को नाउलीखोला र पैयापाटा, ३ काे टुनीसैन, ४ को चास्ला ५ को पारतोला, माडीखोला, बुढाथोकिबाडा र घरेडी, ६ को सुदाडा र वडा नम्बर २ को बल्दे पनि उच्च जाेखिमयुक्त ठाउँका रूपमा सिफारिस भएका छन् । गौमुल गाउँपालिकामा भने सबैभन्दा कम बस्ती जाेखिममा रहे पनि छरिएका बस्तीलाई एकीकृत गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
गौमुल गाउँपालिकाका-१ को माडी र सिम, २ को गताडी, मल्लोदुगन, पौदाली, कुहुडा पाटा, चल्लो काट्ना, ३ को आला, धल्काडा, कटीगाउँ, बेहरी, ५ को कोट, ६ को बसालालगायतका बस्ती जाेखिममा छन् । स्थानान्तरण गर्नु पर्ने बस्तीहरूमा १ को, दुर्गाली खाैला र अन्द्राडी, २ को कुहुडा र पौदाली आगर, ३ काे पाते र गर्जे ५ काे नक्राडा र पडीकोट, ४ को कौडाकोट र गदाडा, ६ काे गैरीवाडा, शान्तीटोल चदारवाडा, सालीकोटलगायत छन् ।
बुढीनन्दा नगरपालिका १ को साउने गाउँ, २ को कोल्टी गाउँ, ३ को भुलेना, ४ को घोडाकोट र सिराडी, ६ को दैया, लाटोवस्ती र खारगडा, ७ को पहेलसेरा, नौलाकोट र खड्का, वडा ८ को प्रियाकोट, ९ को गुईदेलीलगायतका बस्ती पनि उच्च जाेखिमा रहेको समितिकाे निचाेड छ । जगन्नाथ गाउँपालिकाका धेरै बस्ती भने जाेखिमकाे सूचीमा छैनन् ।
हिमाली गाउँपालिकामा पनि कमै बस्ती जाेखिमा छन् । यद्पि, स्थानान्तरण गर्नुपर्ने बस्ती धेरै देखिन्छन् । बाजुराका ९५ बस्ती जोखिममा रहेकाे र स्थानान्तरण तथा व्यवस्थापनका लागि सिफारिस गरिएको जिल्ला दैविक उद्धार समितिका सदस्य तथा गिफ्ट बाजुराका प्रबन्धक कृष्ण अधिकारीले बताए ।
विकास आयोजनामा असर
हरेक वर्ष बाढीले सदरमुकाम मार्तडीको लघु जलविद्युत र बूढीनन्दा नगरपालिकाको कोल्टीको लघु जलविद्युतकाे नहर बगाउने गरेको छ । त्यसैले बर्सेनि लाखाैं सरकारी रकम खर्चिनुपरेकाे छ । खप्तड छेडदह गाउँपालिकाको डोगडी लघुजलविद्युत आयोजनाको नहर र पावर हाउसमा क्षति गर्दा एक वर्षभन्दा बढी त्यहाँका उपभोक्ता अन्धकारमा बस्न बाध्य भए ।
यस वर्ष जुड्डी लघुजलविद्युत आयोजनाको नहर बगाउँदा दुईवटा स्थानीय तह अहिलेसम्म अन्धकारमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।
यसै वर्ष कालो पत्रे गरिएकाे साफे-मार्तडी सडक खण्डको बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको ३३ किलोमिटर सडकको अधिकांश भाग पहिरोले थुनेकाे छ ।
पहिरोले मुहान सुके
पहिराे खसेकाले जमिन हल्लिँदा पानीका मुहानहरू सुकेका छन् । खप्तड छेडेदह गाउँपालिकाको छेडदह तालसमेत जाेखिममा परेको छ । बुढीनन्दा नगरपालिका–३ ताप्रामा, देनबाडा र भण्डारी बाडामा खानेपानीको समस्या भएको छ ।
गुईगाडमा पहिरोका कारण पानीका मुहान तल-तल सरेका छन् भने पानी एक वर्ष एक ठाउँबाट र अर्को वर्ष अर्कै ठाउँबाट खानु परेकाे खप्तड डेडदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए ।