नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन […]
"/>नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ ।
यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । यता यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज रहेका छन् । यस्तै माओवादीले जनवर्गीय तथा सामुदायिक संगठनका इन्चार्ज पनि तोकेको छ ।
माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने पनि अध्यक्ष प्रचण्डले गरेको आन्तरिक परिपत्रमा उल्लेख गरिएको छ ।
माओवादीका कुन नेताले कहाँको जिम्मेवारी पाए, विस्तृतमा हेर्नुहोस्ः