प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार  कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव […]
"/> प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे – शिंजापति

प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे

  • शिंजापति न्युज
  • शनिबार, माघ १५, २०७८ १३:२८:0५
प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ ।
अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् ।

May be an image of 4 people, people sitting and indoor
उनका अनुसार  कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव नभएकाले विरामीहरुलाई पोसिलो तथा फलफुल शरिरलाई आवश्यक पर्ने हुँदा सेन्टरले स्थापना दिवसमा फलफुल वितरण गरेको   जानकारी दिएका छन् ।
विरामीलाई फलफुल वितरण कार्यक्रममा  माओवादी केन्द्र बाजुराका  प्रचार विभाग प्रमुख सुरेश वि.क.ले अनावश्यक रुपमा खर्च र गर्नु भन्दा विरामी भएकाहरुलाई मानवीय सेवाका रुपमा सानो भएपनि सह्रानिय कार्य गरेको  प्रति धन्यवाद दिएका छन् ।
उनले संगठनले सधै रचनात्मक र समाज सेवामा टेवा पुग्न कार्यमा अग्रसर हुन  प्रेस सेन्टर नेपाललाई आग्रह गरेका छन् ।
अस्पतालमा रहेका दश जना विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख सुरेश वि.क. र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निमेन्द्र शाही सहितको सहभागितामा फलफुल वितरण गरिएको अध्यक्ष शाही बताए ।

May be an image of 8 people, people standing and outdoors
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, महासंघ सदस्य देवराज पाध्याय,प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले, अनेरास्ववियु क्रान्तिकारी बाजुरा अध्यक्ष खेमराज साउँद लगायतको सहभागी थिए ।

प्रकाशित: शनिबार, माघ १५, २०७८ १३:२८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।