निमेन्द्र शाही वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् सुदुरश्चिम प्रदेशमा पनि मनाईन्छ ।यहाँका पहाडी जिल्लामा आज बाबीयोको डोरी बुनेर त्यसबाट बनाएको पीङ्ग खेलेर मनाउँने प्रचलन रही आएको छ। बर्षमा एक दिन भुई छोड्दा धार्मीक रुपमा आफ्ना बर्ष भरी गरेका गल्तीहरुबाट माफीपाईने र श्रीकृष्णले त्यसको क्षमा दिने बिश्वासका […]
"/> सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग – शिंजापति

सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग

  • शिंजापति न्युज
  • सोमवार, भदौ १४, २०७८ १२:४८:३३
सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग

निमेन्द्र शाही वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् सुदुरश्चिम प्रदेशमा पनि मनाईन्छ ।यहाँका पहाडी जिल्लामा आज बाबीयोको डोरी बुनेर त्यसबाट बनाएको पीङ्ग खेलेर मनाउँने प्रचलन रही आएको छ।
बर्षमा एक दिन भुई छोड्दा धार्मीक रुपमा आफ्ना बर्ष भरी गरेका गल्तीहरुबाट माफीपाईने र श्रीकृष्णले त्यसको क्षमा दिने बिश्वासका साथ यसो गर्ने गरीन्छ। गाउँ भरीका युृवाहरु भेला भएर बिहान भरी बाबियो नामक घास सामुहीक रुपमा काटेर ल्याउँने र सबै मिलेर डोरी बुनेर गाउँको नजिकै रुखमा पीङ्ग बनाएर गाउँ भरीका सबै पालोपालो पिङ्गमा चढ्ने र खेल्ने प्रचलन रहेको छ।
आज बिहान बाजुराको बडिमालिका मन्दीर लगाएतका कृष्ण मन्दीरहरुमा भक्तजनहरुको बाक्लो उपस्थिती रहेको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

प्रकाशित: सोमवार, भदौ १४, २०७८ १२:४८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।