बाजुरा जिल्लाकाे पहिलाे वडा कमीटी नेकपा एमालेका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाकाे वडा बुढीगंगा नगरपालिका वडा नं ९ बाट शुरु गरेकेा छ। शुक्रबार उक्त पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हाे । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले  पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । एकिकृत समाजवादी पार्टी […]
"/> एमालेका प्रदेश अध्यक्षकाे वडाबाट नेकपा एसकाे वडा कमिटी निर्माण शुरु – शिंजापति

एमालेका प्रदेश अध्यक्षकाे वडाबाट नेकपा एसकाे वडा कमिटी निर्माण शुरु

  • शिंजापति न्युज
  • शुक्रबार, अशोज ८, २०७८ २0:१९:११
एमालेका प्रदेश अध्यक्षकाे वडाबाट नेकपा एसकाे वडा कमिटी निर्माण शुरु

बाजुरा जिल्लाकाे पहिलाे वडा कमीटी नेकपा एमालेका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाकाे वडा बुढीगंगा नगरपालिका वडा नं ९ बाट शुरु गरेकेा छ। शुक्रबार उक्त पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हाे । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले  पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

एकिकृत समाजवादी पार्टी बाजुराका जिल्ला कमिटी सदस्य तथा बुढीगंगा नगर कमिटीका इन्चार्ज र वडा नं. ९ का वडा अध्यक्ष भरत थापाको अध्यक्षता र समाजवादी बाजुराका स्कुल विभाग प्रमुख नवराज जैशीको प्रमुख आतिथ्यतामा संचालन भएको अगुवा कार्यकर्ता भेलाले भरतबहादुर शाह वडा कमिटी अध्यक्ष रहने गरी २२ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

जसमा रणबहादुर सिंह उपाध्यक्ष, जित सेराला उपाध्यक्ष, तिलक सिंह सचिव, रेवन्ता रावल थापा सहसचिव, गिता नेपाली कोषाध्यक्ष, लालबहादुर विष्ट वरिष्ठ सदस्य, लोकेन्द्र बहादुर थापा वरिष्ठ सदस्य र लोकेन्द्र थापा, सदस्य गोरख नेपाली सहितका २२ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

No description available.

एमाले र काँग्रेस  छाडेर ८५ जना समाजवादीमा प्रवेश

एकिकृत समाजवादी पार्टीले बुढीगंगा ९ मा गरेको अगुवा कार्यकर्ता भेलामा सोही नगरपालिका ८, ९ र १० का नेकपा एमाले परीत्याग गरेर ७३ र  १२ जनाले काँग्रेस परित्याग गरेर ८५ जना समाजवादीमा प्रवेश गरेको समाजवादीका युवा नेता जिवन थापाले बताएका छन् ।

प्रकाशित: शुक्रबार, अशोज ८, २०७८ २0:१९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।