जिल्लको छेडेदह गाउँपालिकामा छेडेदह स्पोर्टस् क्लबद्धारा ठुलो धनराशीको तेस्रो छेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ । छेडेदह स्पोर्ट क्लबले मङ्गलबार पत्रकार सम्मेलन मार्फत आटाीचौरमा रहेको दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिने आयोजकका खेल संयोजक तथा संरक्षक कृष्ण ओलीले बताएका छन् । “हरेक वर्षको दशै तिहार बिषेश खेल […]
"/> सूदुर पहाडीका जिल्लाकाे  ठुलाे राशिकाे  तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता  हुंने – शिंजापति

सूदुर पहाडीका जिल्लाकाे  ठुलाे राशिकाे  तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता  हुंने

  • शिंजापति न्युज
  • बुधबार, अशोज १३, २०७८ 0६:४७:३२
सूदुर  पहाडीका जिल्लाकाे  ठुलाे राशिकाे  तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता  हुंने

जिल्लको छेडेदह गाउँपालिकामा छेडेदह स्पोर्टस् क्लबद्धारा ठुलो धनराशीको तेस्रो छेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

छेडेदह स्पोर्ट क्लबले मङ्गलबार पत्रकार सम्मेलन मार्फत आटाीचौरमा रहेको दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिने आयोजकका खेल संयोजक तथा संरक्षक कृष्ण ओलीले बताएका छन् ।
“हरेक वर्षको दशै तिहार बिषेश खेल पर्व, खेल क्षेत्रको विकास र ‘प्रर्वद्धन हाम्रो गर्व’ भन्ने मुल नाराका साथ भव्य रुपमा तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता संचालन गरिने भएको हो ।

बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रिव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत, खेलमार्फत बाजुराको पर्यटक विकासमा टेवा, खेल क्षेत्रमा नव प्रतिभाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडीको पहिचान गराउने र स्थानीय स्तरमा फुटबल प्रतिको चाहना उजागर गराउने उद्देश्य सहीत प्रतियोगिताको आयोजना गरिएको छेडेदह स्पोर्टस् क्लबले जनाएको छ ।

प्रतियोगितामा ३० बढी टिमका करिब ७ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ५० हजार बढी दर्शकले खेलको प्रतक्ष्य अवलोकन गर्ने, आन्तरिक पर्यटनको प्रवद्र्धनका लागिभ्रमण प्योकेज घोषणा गरिने, स्थानीय लोक साँस्कृतिको प्रर्दशन र प्रस्तुती गरिने र साँझको समयमा खेल अवधिभर देउडा खेल सञ्चालन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारि गरेको हो ।
त्यसैगरी प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका टिभी, रेडियो, पत्रपत्रिका एवं फेसबुक मार्फत समे व्यापक रुपमा प्रचार प्रसार समेत गरिने भएको छ । कार्यक्रममा इच्छाएका प्रयोजक निकायले लगानी दाता वा कम्पनीले इच्छाएको शब्द वा लोगो पदर्शन गर्न पाउने छन् । आवश्यक व्यानर, पर्चा, पप्लेटद्धारा विज्ञापन गर्न पाउने, प्रवद्र्धनका क्रियाकलाप समेत गर्न पाउने भएको छ ।

त्यस्तै कार्यक्रममा सञ्चारका माध्यमद्धारा व्यापक प्रचारप्रसार गरिने, सामाजिक उत्तरदायित्व पूरा हुने र प्रतियोगिताको उद्घाटनदेखि समापनसम्म लगानी कर्ताको नाम उद्घोष गरिने तथा क्लबद्धारा मायाको चिनो तथा प्रशंसा पत्र र पहिचान झल्काउने खालको उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलमा सहभागि हुने टिमले असोज ३१ गते साँझ ५ बजेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । खेलाडीले अनिवार्य आफ्नो परिचय खुल्ने प्रमाण बुझाउनु पर्ने छ । टिममा १८ जना खेलाडी, १ जान प्रशिक्षण र १ जना व्यवस्थापक सहीत २० जना हुनु पर्ने, टिम दर्ता शुल्क १० हजार रुपैयाँ र धरौटी रकम पछि फिर्ता हुने गरी ३ हजार तिनु पर्ने छ, खाना बस्नको स्वयम टिम वा क्लबले नै व्यवस्थापन गर्नु पर्ने र शुल्क नतिर्ने र खेलाडीको परिचय खुल्ने प्रमाण पेश नगर्ने टिमलाई खेलमा सहभागि नराईने छेडेदह स्पोर्टस् क्लबले जनाएको छ ।

फुटबल प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र पदान गरिने गरिने छ भने उपविजेतालाई १ लाख ११ हजार १ सय ११ नगद सहीत मेडल ट्रफि सहीत प्रमाण पत्र प्रदान गरिने र खेलमा उत्कृष्ष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सार्वाधिक गोल कतौलाई पुरस्कार सहीत मेडल र प्रमाण–पत्र प्रदान गरिने छेडेदह स्पोर्टस् क्लबका सदस्य विशाल ओलीले बताएका छन् ।
खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको हो । यो वर्ष खेलमा ३० टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । अघिल्लो वर्ष २३ टिमले भाग लिएका थिए ।

अघिल्लो वर्ष विजेतालाई १ लाख ५५ हजार ५ सय ५५ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र र उपविजेतालाई १ लाख १ हजार १ सय ११ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । हरेक वर्ष दशैंतिहारलाई लक्षित गर्दै ठुलो धनराशीमा क्लबले प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रकाशित: बुधबार, अशोज १३, २०७८ 0६:४७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।