नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौ द्धारा निर्माण हुनलागेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत बितरण लाइन आयोजना काे संश्रिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारीको शिल्सीलामा सार्वजनिक सुनुवाइ कार्यक्रम बडिमालिका नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन इन्भेस्टमेन्ट बैकको ऋण सहयोगमा नेपालको सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा निर्माण हुन लागेेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत […]
"/>नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौ द्धारा निर्माण हुनलागेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत बितरण लाइन आयोजना काे संश्रिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारीको शिल्सीलामा सार्वजनिक सुनुवाइ कार्यक्रम बडिमालिका नगरपालिकामा सम्पन्न भएको छ ।
युरोपियन इन्भेस्टमेन्ट बैकको ऋण सहयोगमा नेपालको सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा निर्माण हुन लागेेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत बितरण लाइन अायाेजना अन्तर्गत निर्माण हुँने ३३/११ के.भी क्षमताका नयाँ सव-स्टेसन तथा सो क्षेत्र वरपरका वस्ती हरुमा ११ के.भी र ४०० भोल्टेज लेभलका विद्युत वितरण लाईन निर्माण गरि विद्युतको पहुँच नपुगेका स्थान हरुमा विद्युतिकरण गर्ने तथा विद्युत पुगेका स्थानहरुमा भोल्टेज स्तर सुधार गर्ने उदेश्यले नेपाल सरकार ,नेपाल विद्युत प्राधिकरणले यस आयोजना संचालन गर्न लागिएको हो ।
नेपाल बिद्युत प्राधिकरण वितरण तथा ग्रहक सेवा निर्देशनालय वितरण प्रणली स्तरोन्नती तथा विस्तार आयोजनाका प्रशासन प्रमुख मैताहाङ लिम्बुले भनेः-‘राष्ट्रिय प्रशारणलाईनको सव- स्टेसन करिव दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने उदेश्य रहेको छ।यसले बाजुराको बिद्युतको समस्या पुणर् रुपमा समाधान हुने छ।’
एनइए,इन्जिनियरिङ्ग कम्पनी लिमिटेड ट्रेड टावर थापाथलीका वातावरणबिद दिवश अधिकारीले भनेः‘ संश्रिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत भए पछी यस आयोजनाका काम नियमित हुँने छन्।’
बडिमालिका नगरपालिकाका उप मेयर नन्दा थापाको अध्यक्षतामा सम्पन भएको सार्वजनिक सुनुवाइ कार्यक्रमकामा वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगरपालिकाकाका विभित्र शाखा प्रमुख लगायत स्थानीय उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।