बाजुरा स्पेशल

‘हामीकन त्यसाे सजिलाे काँ छ ?’

‘हामीकन त्यसाे सजिलाे काँ छ ?’

रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमाइलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे ।बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्‍याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी भए ठाउँ गएर साेधेँ, ‘बाबु कहाँ जान लागेको ?’ ‘स्कुल जाँदै सर’, उनले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस्

घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस्

अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय बाजुराका ग्रामीणक्षेत्रका स्थानीयले सरसफाइका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्’

‘अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्’

बाजुरा बडिमालिका नगरपालिका- ९ की ऐना सार्कीले २१ महिनाकी छोरी बिरामी भएपछि जिल्ला अस्पताल पुर्‍याइन् । अस्पतालले कुपोषण भएको जनायो । ‘कामको धपेडीले छोरीलाई समयमा खाना खुवाउन पाइँदैन । आफ्नै पेट पाल्न मुस्किल छ । विचरी खान नपुगेर बिरामी परेकी रहिछ । डाक्टरले अब उपचार गराउँदा निकाे हुन्छ भनेका छन्’, उनले आशा व्यक्त गरिन् । १४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चुनावी बाचामाथि निगरानी : जनप्रतिनिधिले बिर्सिए घोषणापत्र

चुनावी बाचामाथि निगरानी : जनप्रतिनिधिले बिर्सिए घोषणापत्र

२०७४ सालको स्थानीय चुनावमा बाजुराका ९ वटा स्थानीय तहमध्ये ६ मा नेपाली कांग्रेस र तीन वटामा तत्कालीन एमालेले जितेको थियो । निर्वाचनमा दुवै दलका उम्मेद्वारहरूले स्थानीय तहमा ५० शय्याको अस्पताल निर्माण, गाउँमै अनिवार्य सीपमूलक तालिम तथा रोजगारीको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क अनि जलविद्युत् आयोजनाले गाउँ नै झिलीमिली पार्नेसम्मका बाचा गरेका थिए । तर, आधाभन्दा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
माओवादी केन्द्रकाे बाजुरा इन्चार्ज केशब

माओवादी केन्द्रकाे बाजुरा इन्चार्ज केशब

नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे’

‘हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे’

‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर ‘ग’ वर्गका मुक्त हलिया हुन् । हलिया मुक्तिकाे घाेषणापछि उनले घर बनाउने प्रयाेजनका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले घरपरिवारलाई केही महिना पुग्ने खलो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

  जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ । तर, बनेका पुलहरू भने प्रयाेग हुन छाडेका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् । बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य […]

  • शिंजापति न्युज
  • ३ years अगाडि