नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेकपा एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी दल दर्ताका लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० […]
"/> ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत – शिंजापति

५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

  • शिंजापति न्युज
  • बुधबार, भदौ ९, २०७८ १६:५४:३९
५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेकपा एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन् ।

बुधबार निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी दल दर्ताका लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्छ । तर, प्रस्तावित दलका अध्यक्ष माधव कुमार नेपाल एमालेको केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्‍याउने कसरमा लागेका छन् ।

तर, दल दर्ताका लागि निवेदन दिँदा सूचीमा नाम रहेर पनि हस्ताक्षर तलमाथि परेका र सूचीमा नामै नरहेका नेताहरूको सनाखत गराउने किन नगराउने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय लिइसकेको छैन । त्यसका लागि नेपाल समूहले निर्वाचन आयोगलाई दबाब दिइरहेका छन् ।

नेपाल समूहले बुझाएको केन्द्रीय कमिटीको सूचीमा नाम रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको वारेसनामामार्फत निर्वाचन आयोगले सनाखत गरेको छ । तर, सूचीमा नाम र हस्ताक्षर दुवै भए पनि हस्ताक्षर तलमाथि परेको भन्दै केन्द्रीय सदस्य रामप्रित पासवानको सनाखत भने आयोगले गर्न अस्वीकार गरेको छ ।

यस्तै, नेपाल समूहले निर्वाचन आयोगलाई बुझाएको सूचीमा नाम नरहेका तर विभाजनमा साथ दिन चाहनेहरूको पनि सनाखत गर्न दबाब दिएको छ । यस्तै, एमाले विभाजनमा नेपाललाई साथ दिने निर्णयमा पुगेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदादेवी भट्ट, राजन राई र तुलसा थापाको सनाखत लिन पनि आयोगले अस्वीकार गरेको छ ।

प्रकाशित: बुधबार, भदौ ९, २०७८ १६:५४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।