सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्यकक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न शाहले बताएका छन् । रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु आफ्नो कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु […]
"/> दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित:मन्त्री शाह – शिंजापति

दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित:मन्त्री शाह

  • शिंजापति न्युज
  • बुधबार, भदौ ९, २०७८ १८:३९:१४
दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित:मन्त्री शाह

 सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्यकक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न शाहले बताएका छन् ।

रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु आफ्नो कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु ब्यक्तिगत सहयोग गर्न तयार रहेको बताएपछि उनीहरुले नियोजित ढंगले अभद्र ब्यवहार गरेको हल्ला फिजाएको मन्त्री शाहको भनाई छ । ‘बदनाम गर्ने उद्देश्यले नियोजित रुपमा हल्ला फिजाएका हुन्,’ मन्त्री शाहले भने, ‘मिडियालाई पनि गलत सूचना दिएर भ्रम सिर्जना गराउन खोजिएको मात्र हो ।’ मन्त्री शाहले सञ्चारमाध्यमहरुलाई पनि सत्यतथ्य बुझेर मात्र समाचार प्रवाह गर्न आग्रह गरेका छन् ।

प्रकाशित: बुधबार, भदौ ९, २०७८ १८:३९:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।